५ आश्विन २०८१, शनिबार | Sat Sep 21 2024

काठमाडौंलाई ६ विकेटले हराउँदै भैरहवा एभरेष्ट प्रिमियर लिगको फाइनलमा



काठमाण्डौ ।
काठमाडौं किंग्सलाई ६ विकेटले हराउँदै भैरहवा ग्लाडिटयर्स एभरेष्ट प्रिमियर लिगको फाइनलमा प्रवेश गरेको छ । अब उपाधिका लागि उसले ललितपुर पेट्रियट्ससँग खेल्नेछ ।
कीर्तिपुर क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको काठमाडौंले २० ओभरमा १ सय रनमा अलआउट भयो । २९ रन बनाउँदा तीन विकेट गुमाएको काठमाडौंका लागि रोहनले मुस्तफा ६, नरेश बुढाऐरले २ रन बनाए भने केभिन ओब्राइनले खाता खोल्न सकेनन् ।
अमित श्रेष्ठपनि मात्र १३ रनमा आउट भए भने प्रविन साहुले २५ तथा सोमपाल कामीले सात रन बनाए । त्यसपछि सन्दिप रिजाल २७ रनमा आउट भएपछि काठमाडौं सस्तैमा अलआउट भयो । बलिङमा भैरहवाका कुशल मल्लले तीन विकेट लिए ।
जवाफमा भैरहवाले १७ ओभरमा चार विकेट गुमाउँदै लक्ष्य पूरा गर्यो । १० रनमा पहिलो विकेट गुमाएको भैरहवाले ३५ रन बनाउँदा दोस्रो विकेट खेर फाल्यो । उसका रोयन टेन डोच्केटले ४५ रन बनाए भने रवी इन्दर सिंहले ३ रनको योगदान गरे । उसका ओपनर प्रदिप ऐरी ३ तथा आरिफ शेख ५ रनमा आउट भए ।

प्रकाशित मिति : ५ पुस २०७५ बिहिबार ००:००  १० : ५० बजे