५ आश्विन २०८१, शनिबार | Sat Sep 21 2024

प्रहरीद्धारा ७ किलो बढी चरेस बरामद



अजय प्रताप मिश्र, कृष्णनगर । 

कपिलबस्तुको कृष्णनगर स्थित एक घरमा लुकाई छिपाई राखिएको सात किलो भन्दा बढी चरेस प्रहरीले फेला पारेको छ । जिल्लाको कृष्णनगर नगरपालिका वडा नं.१० खैरा गाउँका स्थानिय रफिक खा को घरमा लुकाएर राखेको ७ किलो ५ सय ग्राम चरेस प्रहरीले बरामद गरेको हो ।

ईलाका प्रहरी कार्यलय गणेशपुर प्रहरी निरीक्षक नबिन पौडेलको कमान्डमा खटिएको टोलीले सो चरेस बरामद गरेको हो ।

खाँ को घरमा खान तलासी गर्दा घरको कुनामा परालले छोपेर राखेको अबस्थामा चरेस फेला पारिएको प्रहरी निरीक्षक नवीन पौडेलले जानकारी दिए । घरका सदस्यहरु फरार रहेको र खोजी कार्य भैरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : ५ पुस २०७५ बिहिबार ००:००  ३ : ११ बजे