५ आश्विन २०८१, शनिबार | Sat Sep 21 2024

इस्लामीक संघ नेपाल दाइजो विरुद्धको देशव्यापी अभियानमा



दिपक खड्का, चन्द्रौटा ।
इस्लामीक संघ नेपालले १० दिने दाइजोको नकारात्मक असर विरुद्ध देशव्यापी अभियान संचालन गरेको छ । कपिलवस्तुको शिवराज नगरपालिका वडा न ३ खरेन्द्रपुरमा रहेको मद्रसा दारुल इस्लाहबाट संघले दाउजो प्रथा विरुद्धको देशव्यापी अभियान सञ्चालन गरेको हो ।
त्यहाँ भएको एक दिने दाइजो विरुद्धको अन्तरक्रिया कार्यक्रमलाई सहजिकरण गर्दै प्रदेश नं. ५ का पूर्व सचिव अनवारुल हकले उपस्थित मुस्लिम अगुवाहरुलाई दाइजो प्रथा विरुद्धको अभियानमा सरिक हुन आग्रह गनुृभयो ।
उहाले दाईजो रोकथाम गर्न छोरीलाई दाईजो होइन, पैतृक सम्पतिमा अशं दिउँ, निकाहको कार्यक्रम मस्जिदमा गरौ, दाइजो लेनदेन हुने विवाहमा सहभागी नहोऔं र जुमाको खूत्बामा दाइजोको विकृति बारे बयान गरौं भन्ने विषयलाई अन्तरक्रियामा प्रवेश गराउनुभएको थियो ।
मुस्लिम समुदायमा दाइजो प्रथा व्यापक रहेको र विवाह कार्यक्रम धैरे खचिलो हुदै गएको सहभागीहरुले गुनासो गरेका थिए । कार्यक्रममा प्रदेश न ५ का सह सचिव फजरुल रहमान, मद्रसा दारुल उलुमका मोहम्दीया भरवलियाका प्र.अ नियाज अहम्द, इस्लामीक संघ नेपाल खरिन्द्रपुर एकाईका अध्यक्ष सलाउदिन मियाँ गरी ४० जना मुस्लिम अगुवाहरुको उपस्थित रहेको थियो ।

प्रकाशित मिति : ५ पुस २०७५ बिहिबार ००:००  ३ : ०८ बजे