५ आश्विन २०८१, शनिबार | Sat Sep 21 2024

ट्रयाक्टर दुर्घटनामा दाङमा चौधरीको मृत्यु



दाङ – घोराही उपमहानगरपालिका–३ चौपट्टामा ट्रयाक्टर दुर्घटना हुँदा बर्दियाका १६ वर्षे सन्तलाल चौधरीकोे ज्यान गएको छ । घोराहीबाट लमहीका लागि छुटेको लु १ त ९७०७ नम्बरको ट्रयाक्टर आज विहान ब्रेक फेल हुँदा दुर्घटनामा परेको थियो । दुर्घटनमा घाइते भएका चौधरीको राप्ती उपक्षेत्रीय अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । बर्दियाको घेरुवा गाउँपालिका – ५ निवासी मृतक चौधरी ट्रयाक्टरका सहयोगी भएको प्रहरीले जनाएको छ । चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रकाशित मिति : ५ पुस २०७५ बिहिबार ००:००  १ : ५९ बजे