५ आश्विन २०८१, शनिबार | Sat Sep 21 2024

चेल्सी सेमिफाइनलमा, आर्सनल टोटनह्यामसँग २–० ले पराजित



एजेन्सी ।
कुनै पनि प्रमुख कप वा प्रतिस्पर्धाको पहिलोपटक सेमिफाइनलमा पुग्ने बोर्नमाउथको सपना टुटेको छ । काराबाओ कप फुटबलमा गयराति क्वाटरफाइनलमा चेल्सीसंग १–० गोलले पराजित भएसंगै बर्नमाउथको सपना टुटेको हो । यो जितसंगै चेल्सी अन्तिम ४ मा प्रवेश गरेको छ । थप खेलाडीको रुपमा मैदान छिरेका इडन हजार्डले अन्तिमतिर ८४ औँ मिनेटमा गरेको गोल नै निर्णायक बन्यो ।

बोर्नमाउथका क्यालम विल्सनले गोल गर्ने राम्रो अवसर पाएका थिए, तर चुके ।
अब फाइनल प्रवेशका लागि चेल्सीले टोटनह्यामसँग प्रतिस्पर्धा गर्नेछ । आर्सनललाई २–० ले हराएर टोटनह्यामले पनि अन्तिम चारमा स्थान बनाएको छ ।

अर्को सेमिफाइनलमा साबिक विजेता म्यानचेस्टर सिटीले लिग वान क्लब बुर्टनसँग प्रतिस्पर्धा गर्ने पक्का भएको छ । आर्सनललाई हराउँदै टोटनह्याम इएफएल ९लिग कप० अर्थात काराबाओ कप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ ।

अवे मैदानमा बुधबार राति भएको खेलमा माउरिसियो पोकेटिनोको टिम टोटनह्यामले आर्सनललाई २–० ले हराउँदै अन्तिम चारमा स्थान पक्का गरेको हो । आर्सनललाई उसकै मैदानमा हराउने क्रममा टोटटनह्यामलाई सन हेङ्ग–मिन र डेल अलीले गोल गरे ।

२० औँ मिनेटमा सनको गोलबाट टोटनह्यामले पहिलो हाफमा १–० को अग्रता लियो । ५९ औँ मिनेटमा अलीले गोल गर्दै अग्रता दोब्बर पारे । आर्सनलले त्यसपछि पनि गोल फर्काउन नसकेपछि टोटनह्याम २–० ले विजयी भयो ।

अलीले गोल गरेको केही समयपछि उनलाई भिडबाट बोटलले हानिएको थियो । बोटलले अलीको टाउकोमा लागेको थियो ।
२२ वर्षका अलीलाई खेलको ७३ औँ मिनेटमा प्लाष्टिकको बोटल प्रहार भएको हो । टोटनह्याम सन् २०१४–१५ को सिजनपछि पहिलोपटक लिग कपको अन्तिम चारमा पुगेको हो ।

प्रकाशित मिति : ५ पुस २०७५ बिहिबार ००:००  १ : ५१ बजे