५ आश्विन २०८१, शनिबार | Sat Sep 21 2024

रियल मड्रिड फाइनलमा, बेलको ह्याट्रिक



एजेन्सी ।
ला लिगामा खराब प्रदर्शन गरे पनि क्लब वल्र्ड कप फुटबलमा रियल मड्रिड फाइनलमा प्रवेश गरेको छ ।
स्पेनिस क्लब मड्रिडले बुधबार बेलुका भएको खेलमा जापानी क्लब काशिमा एन्टलेर्सलाई ३–१ ले हराउँदै उपाधि नजिक पुगेको हो ।
रियल मड्रिडको जितमा ग्यारेथ बेलले ह्याट्रिक गर्न सफल भए । बेलले ४४, ५३ र ५५ औँ मिनेटमा गोल गर्दै ह्याट्रिक पूरा गरेका हुन् । अबुधाबीमा भएको खेलमा काशिमाका लागि शोमा डोइले एक गोल फर्काए ।

बेल क्लब वल्र्ड कपको इतिहासमा ह्याट्रिक गर्ने तेस्रो खेलाडी बनेका छन् । यसअघि बार्सिलोनाका लुइस स्वारेज र अहिले इटालीयन क्लब युभेन्टसबाट खेल्दै आएका क्रिष्टियानो रोनाल्डोले यो प्रतियोगितामा ह्याट्रिक गरेका थिए । रोनाल्डोले रियल मड्रिडबाट खेल्दा ह्याट्रिक गरेका हुन् ।रियल मड्रिडले अब फाइनलमा आउँदो शनिबार संयुक्त अरब इमिरेट्स युएईको क्लब अल एइनसँग प्रतिस्पर्धा गर्नेछ । रियल मड्रिड लगातार तेस्रो वर्ष उपाधि जित्ने लक्ष्यमा छ ।

प्रकाशित मिति : ५ पुस २०७५ बिहिबार ००:००  १ : ४७ बजे