५ आश्विन २०८१, शनिबार | Sat Sep 21 2024

‘एक पद–एक व्यक्ति’ ले मुख्यमन्त्री पोख्रेललाई नैतिक संकट, मुख्यमन्त्री छोड्ने तर राजनीति नछोड्ने पोख्रेलको उद्घोष



चन्द्रकान्त न्यौपाने, कपिलवस्तु ।
‘एक पद–एक व्यक्ति’ पार्टीको नीतिका कारण प्रदेश ५ का मुख्य मन्त्री शंकर पोख्रेललाई नैतिक संकट परेको छ । राजधानीमा जारी नेकपाको स्थायी कमिटि वैठकमा यस बिषयमा सदस्यहरुले चर्को रुपमा कुरा उठाए पछि त्यसको प्रत्यक्ष असर मुख्य मन्त्री पोख्रेललाई परेको हो । अब कि त पार्टीले अर्को निर्णय गर्नुपर्छ या त दुवै पद ओगटेका व्यक्तिले एउटा मात्र जिम्मेवारी लिनु पर्छ । यसकारण पोख्रेललाई नैतिक संकट परेको हो । यही विषयमा स्थायी समिति बैठकमा पनि नेताहरुको आक्रोस छ ।

तर मुख्यमन्त्री पोख्रेलले भने आफ्नो कारण पार्टीलाई समस्या हुन्छ भने प्रदेश सभा सदस्यबाट राजिनामा दिने तर कुनै हालतमा राजनीति नछाड्ने बताउनु भएको छ । उहाँले भन्नुभयो– “म कुनै पनि हालतमा राजनीतिक जिम्मेवारी छोड्दिनँ, मेरै कारण समस्या भएको हो भन्ने तपाईहरुलाई लागेको हो भने प्रदेशसभा सदस्यबाटै राजीनामा दिन्छु।”

मुख्य मन्त्री पोख्रेलको यो भनाईलाई प्रतिबाद गर्दै बुधबारको वैठमा नेता सुरेन्द्र पाण्डेले इमोशनल व्यलाक मेल नगर्न चुनौति दिँदै पोख्रेललाई व्यक्तिकेन्द्रित नभई विधि र प्रक्रियाको मात्रै मतलव राख्न भन्नुभएको थियो । पाण्डेले सोझै भन्नुभयो तपाईले को को नेतासँग के के कुरा गर्नु भयो हामी मतलब गर्दैनौँ ।

पाण्डेको आक्रोस आफूतिर लक्षित भए पछि पाख्रेलले पनि जवाफमा नेतृत्वले क्षमताको आधारमा आफूले सो जिम्मेवारी पाएको, यो बिषयमा प्रधानमन्त्री केपी शर्मा ओलीसंग कुरा भएको भन्दै आफूले कुनै हालतमा राजनीति नछाड्ने, छाड्नै परे मुख्य मन्त्रीबाट राजिनामा दिने बताउनु भएको थियो ।

यसअघि नेता वामदेवले पार्टीका एक अध्यक्षले सरकार र एकले पार्टी चलाउनु पर्ने अभिव्यक्ति दिएपछि त्यसको जवाफमा अध्यक्ष एवंम् प्रधानमन्त्री केपी ओलीले संविधानले दिने भए प्रचण्ड र आफु दुवै प्रधानमन्त्री हुन्थ्यौँ भनेका थए। त्यसको प्रतिक्रियामा नेता गौतमले तपाईसँग दुई तिहाई छँदैछ, संविधान संशोधन गरेर दुवै प्रधानमन्त्री बन्नुहोस भनेर चुनौती दिएका थिए ।

स्थायी सदस्यहरुले सरकार र पार्टीको केन्द्रीय नेतृत्वको चर्को आलोचना गर्दै एक व्यक्ति एक पद नीतिलाई पूर्ण रुपमा कायान्वयन गर्न नसके पार्टी चल्न नसक्ने चेतावनी दिएका छन् । पार्टीले तयार पारेको नीति नेतृत्वले जानाजान उलंघन गरेको भन्दै कार्यकर्ताले पनि तीव्र असन्तुष्टि जनाएका छन् ।

प्रकाशित मिति : ५ पुस २०७५ बिहिबार ००:००  १ : ०२ बजे