५ आश्विन २०८१, शनिबार | Sat Sep 21 2024

नेकपामा उठ्यो मन्त्रीमण्डल पुनर्गठनको माग, को होला आउट !



काठमाडौं ।
काठमाडौंमा जारी नेकपाको स्थायी कमिटी बैठकमा मन्त्रिपरिषद् पुनर्गठनको माग उठेको छ । वर्तमान सरकारले जन अपेक्षा अनुसार काम गर्न नसकेको र त्यसले गर्दा जनताको समर्थन गुमिरहेको भन्दै मन्त्रीमण्डल पुनर्गठनको माग गरिएको हो । बैठकमा नेता रघुजी पन्तले मन्त्रिपरिषद् हेरफेरको माग गरेका छन्। उनले प्रधानमन्त्रीले मन्त्रिपरिषद्को कामको समग्र मूल्यांकन गर्दै मन्त्री हेरफेरको माग गरे। ‘सरकारको कामको समीक्षा सरकारले स्वयम्ले गर्नुप¥यो,’ उनले भने, ‘सरकार गतिशीलता देखा परेन।
प्रधानमन्त्रीले आफ्नो अधिकार प्रयोग गरेर मन्त्री हेरफेर गर्नुर्पयो।’ सरकारले जनमतको कदर गर्न नसकेको, जुन तरिकाले सेवा प्रवाह गर्नुपर्थ्यो गर्न नसकेको उनले जिकिर गरे। पार्टीमा काम गर्न सवल, सक्षमहरू एकसे एक रहेको बताउँदै असक्षम, विवादमा परेकालाई मन्त्रिपरिषदमा राखिरहनु नहुनेमा जोड दिए।
विधान स्थायी कमिटीको सुझाव विपरित आएकाले सच्याउन आग्रह गर्दै नेता पन्तले स्थायी कमिटीको अधिकार कटौती गरी सचिवालयमा केन्द्रिकृत गरिएकाले ती अधिकार स्थायी कमिटीमै फिर्ता गर्नसमेत माग गरेका छन्। त्यस्तै, उनले चीनसँग भएका सन्धि–सम्झौता तुरुन्त कार्यान्वयन गर्नसमेत माग गरेका छन्।
सातै प्रदेशलाई छुने गरी एसिया प्रशान्त सम्मेलनबारे नेतृत्व आत्मआलोचित हुनुपर्नेमा नेता पन्तले जोड दिए । तर, प्रधानमन्त्री केपी शर्मा ओली भने महाधिवेशनबाटै अध्यक्ष निर्वा्चित भएर आएकाले प्रश्न उठाउन नमिल्ने जिकिर गरे। नेकपाको आजको बैठकमा उनीसहित देव गुरुङ, सुरेन्द्र पाण्डे, भिम आचार्य, रघुवीर महासे, वर्षमान पुन, पुष्प कँडेल, लेखराज भट्टलगायतले आफ्नो विचार राखेका छन्। नेताहरुले अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डको प्रतिवेदनमा टिप्पणी गरिरहेका हुन्।

प्रकाशित मिति : ४ पुस २०७५ बुधबार ००:००  १० : ५९ बजे