५ आश्विन २०८१, शनिबार | Sat Sep 21 2024

उखु किसानहरुको बक्यौता देउ – अर्थमन्त्री खतिवडा



काठमाडौं ।
अर्थमन्त्री डा. युवराज खतिवडाले उपभोक्तालाई मारमा पार्ने काम नगर्न चिनी उद्योगीहरुलाई सचेत गराउनु भएको छ । राज्यबाट सेवा, सुविधा र अनुदान लिने अनि उपभोक्तालाई मार मार्ने काम चिनी उद्योगीहरुले गरिरहेको अर्थमन्त्री खतिवडाको गम्भीर आरोप छ ।
बुधबार प्रतिनिधिसभा अन्तर्गतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता समितिको बैठकमा बोल्दै उहाँले उखु कृषकलाई प्रोत्साहित नगरे चिनीको उत्पादन कसरी बढाउन सकिन्छ भनी चिनी उद्योगीहरुलाई प्रश्न पनि गर्नुभयो । चिनी उद्योगीहरुले उखु कृषकहरुको बक्यौता रकम अझै नदिएको पनि पनि अर्थमन्त्री खतिवडाको आपत्ति छ ।
अर्थमन्त्री खतिवडाले स्वदेशी कृषि उद्योगको प्रोत्साहनका लागि सरकारले चिनी आयातमा प्रतिबन्ध गराउनु परेको पनि स्मरण गराउनुभयो । उहाँले कृषिजन्य उत्पादनमा अनुदान सहायता बढाउन सरकारले केही बस्तुमा करको दर बढाउनु परेको पनि स्पष्ट पार्नुभयो ।

प्रकाशित मिति : ४ पुस २०७५ बुधबार ००:००  १० : ५८ बजे