५ आश्विन २०८१, शनिबार | Sat Sep 21 2024

सवारी दुर्घटनामा कमी ल्याउन साइकलमा चम्कने स्टिकर



सीताराम चौधरी, कपिलवस्तु ।
बढ्दो सवारी दुर्घटनामा कमी ल्याउन अस्थायी ट्राफिक प्रहरी पोष्ट चन्द्रौटाले साइकलमा चम्कने रिफ्लेक्टर स्टिकर टाँस्ने अभियान शुरु गरेको छ ।
साइकलजस्ता साना सवारी साधनका कारण सडक दुर्घटना बढेको भन्दै जिल्लामै पहिलो पटक शिवराज नगरपालिकाको शिवपुरबाट उज्यालोमा चम्कने रिफ्लेक्टर स्टिकर टाँस्ने अभियानको थालनी गरेको हो । अभियान अन्तर्गत ट्राफिक प्रहरी पोष्ट चन्द्रौटाका प्रमुख प्रहरी सहायक निरीक्षक रामशरण कुमाल नेतृत्वको टोलीले ३सय ४९ साइकलमा चम्कने रिफ्लेक्टर स्टिकर टाँस गरेको थियो । ११, १२ र क्याम्पसमा अध्ययनरत विद्यार्थीहरु बिहानै अध्ययनका लागि साइकल यात्रा गर्ने हुँदा दुर्घटना बढेको ठहर गर्दै यस किसिमको अवधारणा ल्याएको प्रहरी सहायक निरीक्षक कुमालले बताउनुभयो ।
स्टिकर टाँस्ने टोली बिहानै क्याम्पस र विद्यालय पुगेको थियो । मंगलबार बिहान शुरु गरेको अभियानमा ट्राफिकले नेपाल आदर्श बहुमुखी क्याम्पसमा ४६ र नेपाल आदर्श माविमा ३०३ ओटा साइकलमा रिफ्लेक्टर स्टिकर टाँसेको थियो । रात्रिकालिन समयमा साइकलबाट दुर्घटना बढेको भन्दै विद्यार्थीको साइकललाई पहिलो प्राथमिकतामा राखी स्टिकर टास्ने काम गरेको कुमालले बताउनुभयो ।

प्रकाशित मिति : ४ पुस २०७५ बुधबार ००:००  ३ : २८ बजे