५ आश्विन २०८१, शनिबार | Sat Sep 21 2024

काग्रेशको विधानमा सहमति जुट्यो, आठ पदाधिकारी र एक सय ६१ जना केन्द्रीय सदस्य



काठमाण्डौँ ।
लामो रस्साकस्सीपछि नेपाली कांग्रेसको विधानमा सहमति जुटेको छ । उपसभापति विमलेन्द्र निधिको संयोजत्वमा गठित कार्यदलले आठजना पदाधिकारी र एक सय ६१ जना केन्द्रीय सदस्य रहने गरी विधानलाई अन्तिम रुप दिएको हो ।

सहमतिअनुसार कांग्रेसमा ९ जना पदाधिकारी हुनेछन्  जसमध्ये कोषाध्यक्ष र प्रवक्ता बाहेक सबै निर्वाचित हुने विधान सम्सोधन मस्यौदा समितिका प्रवक्ता रमेश लेखकले बताएका छन् ।सभापति देउवा र पौडेलसहित पदाधिकारी बैठकले निर्णय गरेको सहमतीअनुसार एक सभापति २ उपसभापति, २ महामन्त्री र २ सहमहामन्त्री रहनेछन्। उनीहरू निर्वाचित हुनुपर्ने बैठकको निर्णय छ।

कोषाध्यक्ष र प्रवक्ता  सभापतिको प्रस्तावमा केन्द्रिय कार्यसमितिले अनुमोदन गरि मनोनीत गर्नेछ।

लेखकले भोलि केन्द्रिय कार्यसमिति बैठक बसेर पारित गरेपछि भोलि नै महासमितिमा विधान पेश गर्ने जानकारी दिएका छन्।

यस्तै हाल ८५ को संख्यामा रहेको केन्द्रिय कार्यसमितिलाई १६१ सदस्यिय बनाइने सहमति पनि नेपाली कांग्रेसले बैठकले गरेको छ

अब संशोधित विधानमा पदाधिकारीसहित एक सय ६१ केन्द्रीय सदस्यमध्ये ५४ जना समावेशी कोटाबाट निर्वाचित हुनेछन् । जसको ५० प्रतिशत अर्थात २७ जना महिला हुनुपर्नेछ । लेखकका अनुसार ३३ जना केन्द्रीय सदस्य भने सभापतिले मनोनित गर्ने व्यवस्थामा विधानमा राखिनेछ ।

कांग्रेसको विधानमा संघ, प्रदेश र जिल्ला तीन तहमा संसदीय बोर्ड रहनेछन् । संघीय संसदीय बोर्डमा पदाधिकारी आठजनासहित जम्मा १७ जना रहने व्यवस्था विधानमा गरिएको छ ।

त्यस्तै संघीय निर्वाचन क्षेत्रबाट महाधिवेशनमा सभापतिसहित २५ जना प्रतिनिधि चुनिनेछन् । प्रदेश अधिवेशनका लागि प्रदेश निर्वाचन क्षेत्रबाट सभापतिसहित १७ जना चुनिने लेखकले जानकारी दिए । त्यसैगरी एक संघीय निर्वाचन क्षेत्रबाट महासमिति सदस्यमा ११ जना छानिनेछन् ।

कार्यदलले सहमित जुटाएको विधानलाई बुधबार बिहान केन्द्रीय कार्यसमितिले स्वीकृत गरेर छपाइका लागि पठाइने कार्यदलका अर्का सदस्यले जानकारी दिए । उनका अनुसार बुधबार छाप्न पठाइने र बिहीबार मात्र विधानको मस्यौदा महासमिति सदस्यको हातमा पुग्नेछ ।

प्रकाशित मिति : ३ पुस २०७५ मंगलबार ००:००  ३ : ४१ बजे