५ आश्विन २०८१, शनिबार | Sat Sep 21 2024

हिलबर्ट एक्टिभ चाइल्ड क्लब गठन


३ पुस २०७५ मंगलबार ००:००  

0
Shares

मायादेवी अनलाइन ।
कपिलवस्तुको बाणगंगा नगरपालिका २, पिपरामा रहेको हिलबर्ट इङ्गलिस बोर्डिङ्ग स्कुलले हिलबर्ट एक्टिभ चाइल्ड क्लबको पुर्नगठन गरेको छ । निर्वाचन मार्फत हिलवर्ट एक्टिभ चाइल्ड क्लवको पुर्नगठन गरेका हुन् । क्लवको नयाँ नेतृत्व चयनका लागि विद्यालयमा अध्ययनरत ५ कक्षादेखि १० कक्षा सम्मका तीन सय १० विद्यार्थी निर्वाचनमा सहभागी भएका थिए । १५ सदस्यीय नयाँ कार्यसमिति लागि ४६ जना विद्यार्थीको उम्मेदवारी परेको थियो । अध्यक्ष पदमा ३ जना प्रतिष्पर्धामा थिए । अध्यक्ष पदमा श्रीधर घिमिरे (सम्राट) ले १ सय ८९ मत ल्याई उनका प्रत्यासी भावना खनाल र हिमाल पौडेललाई पराजित गरेका थिए । त्यसैगरी उपाध्यक्ष पदमा शुसांक कार्कीले १ सय २५ मत ल्याई विजयी भएका छन् । सचिव पदमा विनय के.सी.ले १ सय ५३, सहसचिवमा खुसी खड्काले १ सय ४२, कोषाध्यक्षमा किरण घिमिरे १ सय ६७ मतका साथ विजयी भएका छन् । त्यसैगरी सदस्यहरुमा शिवम् ढकाल, मेनुका मल्ल, कोशिस थापा, नेहा क्षेत्री, मोनिका मल्ल, सृष्टि गैरे, मनिषा थारु, शुभम खत्री, सुमिना सिंजाली र सुप्रिया मल्ल निर्वाचित भएका छन् । मर्यादित र अनुशासित रुपले मतदानमा सहभागी विद्यार्थीको बदर मत भने शुन्य रहेको थियो । सोमबार सम्पन्न निर्वाचनको मत परिणाम सहित मंगलबार विजयी घोषणा गरिएको विद्यालयले जनाएको छ ।

प्रकाशित मिति : ३ पुस २०७५ मंगलबार ००:००  ३ : ३७ बजे