५ आश्विन २०८१, शनिबार | Sat Sep 21 2024

आर्दश विद्या आश्रमलाई रिर्डसकप



शिवलाल सुवेदी, गुल्मी ।

रिर्डसकप आर्दश विद्या आश्रम तम्घास गुल्मीले हात पारेको छ । रिर्डस पब्लिक हाई स्कुल तम्घास गुल्मीले आफ्नो २५ औ बर्षको अवसरमा आयोजना गरेको रेसुङ्गा नगरपालिका भित्रका माध्यमिक बिद्यालय स्तरिय छात्रा फुलवलमा सिद्धवावा माध्यमिक विद्यालयलाई ४ गोल अन्तरले पराजित गदै आर्दश विद्या आश्रमले रिर्डसकप हात पारेको हो ।

विद्या आश्रमका लागि खेलको पहिलो हापको १४ मिनेटमा मनिषा सेनले पहिलो गोल गदै अग्रता दिलाएकी हुन । त्यस्तै खेलको दोस्रो हापको ८ मिनेटमा विद्या आश्रमकै सविना कुवँरले १ गोल गरेर दुई शुन्यको अग्रता कायम गरिन भने दोस्रो हापको १७ मिनेटमा सुप्रभा जिसीले सिद्धवावा माध्यमिक विद्यालयलाई १ गोल गरेकी थिईन ।

निकै रोमाञ्चक फाईनल खेलको दोस्रो हापको २४ मिनेटमा मनिषा सेनले १ गोल गदै आफ्नो विद्यालयलाई ४ गोल अन्तरले विजयी बनाउन सफल भएकी हुन । रिर्डस पब्लिक स्कुल तम्घास खानीगाउँले रजत महोत्सवको अवसरमा अयोजना गरेको छात्रा फुटवल खेलमा रेसुङ्गा नगरपालिकाभित्रका ९ विद्यालयहरुको सहभागीता रहेको आयोजक विद्यालयका प्राधानाध्यपक टिका भलामीले जानकारी दिएका दिए ।

आर्दश विद्या आश्रमकी मनिषा सेन खेल अवधिमै सर्वाधिक गोलकर्ता समेत बन्न सफल भएकी छिन । सर्वाधिक गोलकर्ता मनिषा सेनलाई जिल्ला ट्राफिक प्रहरी कार्यालय गुल्मीका प्रमुख पृथ्वीनारायण काफ्ले र विरभद्रजगं गुल्मका गुल्मपति जनमत कार्कीले हौसल्ला प्रदान गर्न नगद पुरस्कार दिएका थिए । रिर्डस पब्लिक विद्यालयका सस्थापक श्रीप्रसाद भलामीका अनुसार पुस १ गतेदेखि शुरु भएको रजत महोत्सवमा अभिभावकहरुविच ब्याटमिन्टन प्रतियोगिता समेत सञ्चालन भएको छ ।

ब्याटमिन्टनको मगंलवार फाईनल हुने बताइएको छ ।  रजत महोत्सवको ६ गते विशेष कार्यक्रमको आयोजना गरेर समापन गर्ने कार्यक्रम रहेको विद्यालयले जनाएको छ । छात्रा फुलवलमा बुद्ध माध्यमिक विद्यालय अर्खललाई हराउदै विजेता आर्दश विद्या आश्रमले आफ्नो फाईनलको यात्रा पक्का गरेको थियो भने उपविजेता सिद्धवावा माध्यमिक विद्यालयले आयोजक रिर्डस पब्लिक स्कुललाई हराउदै फाईनलको यात्रा तय गरेको थियो ।

 

 

प्रकाशित मिति : ३ पुस २०७५ मंगलबार ००:००  २ : ५३ बजे