५ आश्विन २०८१, शनिबार | Sat Sep 21 2024

छल्दी इन्द्रेगौडा सडक बन्द



शिवलाल सुवेदी, गुल्मी ।

छल्दी वडागाउँ इन्द्रेगौडा सडक बन्द हुने भएको छ । जिल्लाको मुसिकोट नगरपालिका ४ को छल्दीदेखि वडागाउँ हुदै इन्द्रैगौडा सडकखण्डमा सडक मर्मत गर्ने भएपनि बन्द हुने भएको हो ।

सडकखण्डको बिचमा पर्ने भिरमा कटिङ गर्नुपर्ने भएकोले १० दिनका लागि सडक पूर्ण रुपमा बन्द गरिने भएको निमार्ण कम्मपनीले जनाएको छ । पौष ८ गतेसम्मका लागि मोटरवाटो पूर्ण रुपमा बन्द गरेर काम गर्नुपर्ने भएको मुसिकोट नगरपालिका ४ का वडाअध्यक्ष ओम बहादुर खत्रीले जानकारी दिए ।

अध्यक्ष खत्रीका अनुसार दोभानबाट भग्लाङ् सम्मको झण्डै २ किलोमिटर सडक अन्तर्गत पर्ने मोटरवाटोको भिरलाई कटिङ गर्नुपर्ने भएकोले सडक पूर्ण रुपमा बन्द गर्नुपर्ने भएको बताए । उक्त सडक खण्ड बन्द भएपछि यात्रुहरुलाई दोभान–जेंगा हुँदै हाडहाडे सडक र भग्लाङबाट जेंगा हलोगाडे हुँदै झेदी–राक्सेको वैकल्पिक मार्ग भएर सवारी साधनहरुलाई आवत जावत गर्न आग्रह गरिएको छ ।

प्रकाशित मिति : ३ पुस २०७५ मंगलबार ००:००  २ : ५१ बजे