५ आश्विन २०८१, शनिबार | Sat Sep 21 2024

गाउँपालिकाले दियो किसानलाई ट्याक्टर र जिप



शिवलाल सुवेदी, गुल्मी ।
गुल्मीको सत्यवती गाउँपालिकाले कृषि र पशुपानललाई अगाडि सारेको छ । ब्यवसायिक कृषि र पशुपालनमा लागेका किसानहरुसगै त्यसतर्फ आकर्षित गर्न गाउँपालिकाले कृषि र पशुपालनमा अनुदानका कार्यक्रमहरु अगाडि सारेको हो ।

सत्यवती गाउँपालिकाले किसानलाई विभिन्न कार्यक्रम मार्फत कृषि पेसाप्रति आकर्षित गर्ने उदेश्यले उत्पादन र बजारीकरणमा केहि रचनात्मक कामको शुरुवात गरेको प्रमुख प्रशासकीय अधिकृत यादव भण्डारीले बताए । प्रमुख प्रशासकीय अधिकृत भण्डारीका अनुसार कार्यक्रम अन्र्तगत सत्यवति गाउँपालिकाले ५० प्रतिशत अनुदानमा ६१ वटा हाते ट्याक्टर व्यावसायीक किसान तथा समुहलाई प्रदान गरेको छ ।

त्यस्तै किसानहरुले उत्पादन गरेको तरकारी, फलफुल र दुधलाई बजारीकरण गर्नका लागि जिप समेत प्रदान गरेको छ । परम्परागत कृषिलाई व्यावसायीक पेसाको रुपमा विकास गर्ने उदेश्यका साथ कृषि प्रविधिको वितरण गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत यादव भण्डारीले बताए । त्यस्तै गाउँपालिकाका अध्यक्ष पारिश्वर ढकालले सत्यवति गाउँपालिकाले कृषि, पशुपालन र पर्यटनको माध्यमबाट गाउँपालिकालाई आर्थिक रुपले समृद्ध बनाउने बताए ।

ढकालले दुध, मासु, टमाटर,काउली लगायतमा सत्यवति गाउँपालिका आत्मनिर्भर भएको बताउदै यहाँ उत्पादन तरकारी, फलफुल र दुधलाई वाहिर पठाउन जिप किसान तथा समुहलाई हस्तान्तरण गरेको बताए । गाउँपालिकाको दुर्गम वडा नम्बर ३ को ठुलोलुम्पेकका किसानहरुलाई ५० प्रतिशत अनुदानमा जिप दिएका हौ उनले भने“यहाँ उत्पादन भएका तरकारी फलफुल र दुध जिल्लाका विभिन्न बजार, पाल्पा, पोखरा र बुटवलसम्म पुराउन सजिलो हुन्छ ।” बजार पुराउन नपाएर कृषकको उत्पादन घरमै कुहिने समस्याको समेत अत्य भएको अध्यक्ष ढकालको भनाई रहेको छ ।

सत्यवती गाउँपालिकाको वडा नम्बर ३ ठुलोलुम्पेकमा गत बर्ष ३ सय टनेलमा तरकारी खेती गरिएको थियो । अहिले थप दुई सय टनेलमा टमाटर खेतीका लागि रकम छुट्टाईएको गाउँपालिकाले जनाएको छ । त्यस स्थानमा टमाटर अलवा काउली, बन्दा, सिमी लगायतको तरकारीमा १५ वटा समुह र सयौं युवा ब्यवसायीक कृषिमा लागेका छन ।

यस्तै गाउँपालिका १ को अस्लेवामा समेत ठुलो क्षेत्रफल जमिनमा ब्यवसायिक कृषि फार्म सञ्चालन भएको छ । ठुलोलुम्पेक र अस्लेवामा उत्पादन भएको तरकारी वुटवल, पाल्पा र पोखरासम्म जाने गरेको छ । कृषिको आधुनिकीकरणसंगै उत्पादन र बजारीकरणमा आएको विकासले कृषका नयाँ आशा जागेको गाउँपालिकाका कृषि शाखा प्रमुख मुक्ति भण्डारीले बताए ।

प्रकाशित मिति : ३ पुस २०७५ मंगलबार ००:००  २ : ४८ बजे