५ आश्विन २०८१, शनिबार | Sat Sep 21 2024

वडा सदस्यको निधनमा आज वाणगंगा नगरपालिका बन्द



मायादेवी अनलाइन, वाणगंगा ।
कपिलवस्तुको वाणगंगा नगरपालिका वडा नं. ८ की वडा सदस्यको निधन प्रति वाणगंगा नगरपालिकाको कार्यालय मंगलबार बन्द हुने भएको छ । आइतबार साँझ वडा सदस्य विमला नेपालीको हृदयघातको कारण निधन भएको थियो ।

वडा सदस्य नेपालीको निधन भएको प्रति दुख व्यक्त गर्दै मंगलबार एक दिनको लागि नगरपालिका, वडा कार्यालय र विषयगत शाखाको सबै काम बन्द गर्ने निर्णय भएको नगरका प्रबक्ता विष्णु पौडेलले जानकारी दिनुभयो ।

गत स्थानीय तहमा महिलाका तर्फबाट वडा सदस्यमा निर्वाचित नेपाली पूर्व एमाले नेतृ पनि हुनुहुन्थ्यो । साथै उहाँ सामाजिक अभियान्ताको रुपमा काम गर्दै आउनुभएको थियो । नेपाली पूर्व एमालेको नेपाल उत्पीडित जातिय मुक्ति समाज कपिलवस्तुकी सचिवालय सदस्य समेत हुनुहुन्थ्यो ।

वडा सदस्यको निधन प्रति ८ नं वडा कार्यालयले एक विज्ञप्ति निकाली शोक सन्तब्ध परिवारजनमा समवेदना प्रकट गरेको छ भने मृत आत्म प्रति हार्दिक श्रद्धाञ्जली अर्पण गरेको छ । वडा अध्यक्ष गुणनिधि भुसालले वडा सदस्यको निधनले ठूलो घाटा लागेको बताउनुभएको छ ।

यता नेकपाले आफ्नो क्रियाशिल कार्यकर्ताको निधन प्रति दुख व्यक्त गरेको छ । नेपालीको अन्तिम दाहसंस्कार मंगलबार लक्ष्मणघाटमा गरिएको छ । नेकपाका वाणगंगा नगर कमिटी अध्यक्ष विश्व कार्कीले आज मात्र दाहसंस्कार भएको बताउनुभयो ।

प्रकाशित मिति : ३ पुस २०७५ मंगलबार ००:००  २ : ४५ बजे