५ आश्विन २०८१, शनिबार | Sat Sep 21 2024

विज्डमद्धारा डान्स आइडलका विद्यार्थीलाई सम्मान



मनोज थापा, वाणगंगा
वाणगंगाा १ वैरियामा रहेको आवर विज्डम माविले दशौँ कपिलवस्तु महोत्सवको अवसरमा आयोजित आठौँ कपिलवस्तु डान्स आइडलमा सहभागी विद्यार्थीलाई सम्मान गरेको छ ।

विद्यालयमा एक कार्यक्रम गरी आइडलको चौथो स्थान हासिल गर्ने आज्ञा शर्मा, उत्कृष्ट १० मा पर्ने लविशा घिमिरे र प्रसंसा पाण्डेलाई खादा र अविरले सम्मान गरिएको हो । विद्यालयका प्रिन्सिपल नारायण शर्माले उनीहरुलाई सम्मान गर्नुभएको थियो ।

आइडलमा विद्यार्थीहरुको सहभागीता र उत्कृष्ट स्थान प्राप्त हुनुले विद्यालयको नाम उचो भएको भन्दै विद्यार्थीको उच्च सफलताको कामना गर्नुभएको थियो ।

विद्यार्थीहरुको अन्तरनीहित प्रतिभालाई उजागर गर्नको लागि विद्यालयले नाच, गानजस्ता रचनात्मक कार्यक्रम गर्न जरुरी रहेको भताउनु भयो । सहायक प्रिन्सिपल शंकर पौडेलको सञ्चालनमा भएको कार्यक्रममा विद्यार्थी र शिक्षक शिक्षिकाको सहभागिता रहेको थियो ।

प्रकाशित मिति : २ पुस २०७५ सोमबार ००:००  ४ : ५१ बजे