५ आश्विन २०८१, शनिबार | Sat Sep 21 2024

जनता गरिबीको मारमा, राष्ट्रपति अरबौँको हेलीकप्टरमा 



चन्द्रकान्त न्यौपाने, कपिलवस्तु ।

गणतन्त्र नेपालकी सेरेमोनियल राष्ट्रपति विद्यादेवी भण्डारी सुविधाभोगी बन्दै गएकी छिन् । कतिपय नेपालीहरु सिटामोलको अभावमा ज्यान गुमाउन बाध्य भइरहेको अवस्थामा राष्ट्रपति विद्यादेवी भण्डारीलाई भने सरकारले एकपछि अर्को गर्दै सुविधा उपलब्ध गराइरहेको छ । केही समयअघि करोडौँ पर्ने सवारी खरिद गरिदिएको सरकारले फेरि सुविधा सम्पन्न हेलीकप्टर खरिद गरिदिएको हो । राष्ट्रपतिले मात्र प्रयोग गर्न मिल्ने गरी मन्त्री परिषद्बाट स्विकृत गराएर नेपाली सेनाले १ अर्ब ५० करोड रुपैयाँ पर्ने हेलीकप्टर खरिद गरिदिएको हो । डेढ अर्व रुपैयाँमा इटालीमा निर्माण भएको ‘अगुष्टा वेष्टल्याण्ड एडब्लु १३९’ नामक हेलिकप्टर खरिद गरिदिएको हो । अबदेखि भण्डारी गरिब जनताको ढाडमा टेकेर यही हेलिकप्टरमा रहेर सयर गर्ने छिन् । यसअघि पनि १८ करोड पर्ने गाडी भण्डारीको लागि खरिद गरिएको थियो ।

राष्ट्रपतिलाई यतिका महंगो हेलिकप्टर खरिद गरिएपछि चौतर्फी आलोचना भएको छ । गणतन्त्रमा जनता दिनप्रतिदिन गरिब हुने तर राष्ट्रपति, मन्त्री र नेता दिनप्रतिदिन धनी र सुविधाभोगी हुदै जानुले जनतामा निरासा थपेको छ । कम्युनिष्ट शाषनमा नेता धनी हुँदा जनता पनि धनी हुँदै जानु पर्ने हो तर नेपालमा भने त्यो ठिक उल्टो छ । यहाँ त गरिब जनता झनै गरिब र दरिद्र बन्दै गएका छन् भने नेता दिनप्रतिदिन धनी  र सुविधा भोगी बन्दै गएका छन् । जनताले तिरेको पैसामाथि भ्रष्टाचार र शोषण गरेर नेता र मन्त्री धनी हुनुले लोकतन्त्र, गणतन्त्र र कम्युनिष्ट चरित्रको उपहास भएको टिप्पणी हुने गरेको छ ।

प्रकाशित मिति : २ पुस २०७५ सोमबार ००:००  ३ : २१ बजे