५ आश्विन २०८१, शनिबार | Sat Sep 21 2024

श्रृङखलापछि मिस युनिभर्समा मनिता टप १० मा



कपिलवस्तु ।
मिस वल्र्डमा धुम मच्चयाएकी श्रृङखला खतिवडा पछि मिस यसनिभर्समा २०१८ प्रतिनिधित्व गरिरहेकी मनिता देवकोटा पनि टप १० मा पुगेर चर्चा कमाएकी छन् । थाइल्याण्डको बैंककमा भइरहेको अन्तिम प्रतिस्पर्धामा देवकोटा यसअघि एसिया तथा अफ्रिका क्षेत्रका उत्कृष्ट पाँच प्रतिस्पर्धीमा पर्न सफल भएकी थिइन ।

मनिता एसिया प्यासिफिक तथा अफ्रिकाका तर्फबाट तेस्रो नम्बरमा परेकी छन् ।अमेरिका, युरोप र एसिया प्यासिफिक तथा अफ्रिका गरी तीन महादेशका उत्कृष्ट ५ छनौट गरी १५ जना र ५ जना वाइल्ड कार्डमार्फत् गरी टप २० छनौट गरिएको थियो । छनोटमा हरेक प्रतिस्पर्धीलाई आफ्नो बारेमा १५ सेकेण्डको मन्तब्य दिने अबसर दिइएको थियो । यही मन्तब्यका आधारमा टप १० प्रतिस्पर्धीको छनौट गरिएको थियो ।

प्रकाशित मिति : २ पुस २०७५ सोमबार ००:००  २ : ४९ बजे