५ आश्विन २०८१, शनिबार | Sat Sep 21 2024

आठौं डान्स आइडल विजेता स्नेहा थापा को हुन ?



थानेश्वर अधिकारी, वाणगंगा ।
बाणगंगा न.पा. वडा नं ६ लक्ष्मणघाट बस्ने स्नेहा थापा यस बर्षको आठौं संस्करणको कपिलवस्तु डान्स आइडल बन्न सफल भएकी छन् । बुबा तेज बहादुर थापा, आमा सन्ध्या थापाको कान्छी छोरी स्नेहा सानै उमेरदेखी नृत्यमा अभिरुची राख्दै आएकी थिइन् । जेठी दिदी स्मृति थापा सहित ४ जना सदस्य रहेको सो परिवारमा सानै उमेरदेखी बुबाआमाको प्रेरणा पाएकी स्नेहा अहिले अन्नपुर्ण बिद्या मन्दिर कोपवामा कक्षा ९ मा अध्ययनरत रहेकी छन् । कुल अठासी जनाको आवेदन परेको सो डान्स आइडलमा १७ जना छनौट भएका थिए । सो डान्स आइडलबाट पुजन मल्ल दोस्रो र मोतिपुर निवासी चाहना गिरी तृतिय र आज्ञा शर्मा सान्त्वना बन्न सफल भएकी छन् । बेल कार्ड इन्ट्री ११ जना मध्ये अनुराधा चौरासिया सान्त्वना बन्न सफल भएकी छन् ।
सानै उमेर देखी लगनशिल अनुशासित र मृदुभाषी थापा भविश्यमा एक कुशल नृत्यकार बन्न चाहन्छिन् । आफु डान्स आइडलमा सहभागी भएर अनुभव बटुल्ने रहरका साथ डान्स आइडलमा सहभागी बनेकी उनी आफु आठौं कपिलवस्तु डान्स आइडल बन्छु भन्ने आशामा नरहेको उनी बताउँछिन् ।

बुबा मम्मी, गुरुहरु, साथी सहपाठी, आफन्तजन र छिमेकीहरुको साथ सहयोगको कारण आफु यो स्थानमा आउन सफल भएको उनी बताउँछिन् ।
उनको कोरियोग्राफर रहेका अजय थारु पाँचौ कपिलवस्तु डान्स आइडल बन्न सफल भएका थिए । बाणगंगा नगरपालिका वडा नं.६ निवासी अजय थारु एक कुशल नृत्यकार मानिन्छन् । उनी भन्छन् मेरो सहयोग र स्नेहाको लगनशिलताको कारण आज उनी डान्स आइडल बन्न सफल भएकी छन् । यसै गरी बाणगंगा नगरपालिका वार्ड नं ८ ढोडेकोल निवासी पुजन मल्ल आठौ कपिलवस्तु डान्स आइडलमा दोस्रो हुन सफल भएका छन् ।
कपिलवस्तु बिद्या मन्दिर लौगाई कक्षा ८ मा अध्ययनरत पुजन सानै उमेरदेखी नृत्यमा अभिरुची राख्दै आएको पिता बिष्णु मल्लले जानकारी दिनुभएको छ । त्यसै गरी कपिलवस्तु डान्स आइडलमा तेस्रो स्थान हासिल गर्न सफल चाहना गिरी अत्यन्त प्रतिभाकी धनिका रुपमा चिनिन्छन् । बाणगंगा नगरपालिका वार्ड नं ८ का वडाध्यक्ष एवम् समाजसेवी बिष्णु गिरीका कान्छी छोरी रहेकी चाहना गिरी पारिजात इंग्लिस बोर्डिङ स्कुलमा कक्षा आठमा अध्ययनरत छन् ।
धेरैको मुल्यांकनमा रहेकी चाहना सानै उमेर देखी बिभिन्न देउसी भैलो तथा साँस्कृतिक कार्यक्रममा सहभागी भइ आफ्नो प्रस्तुती दिदै आएकी चाहनाका दाजु विवेक गिरी र बिशाल गिरी पनि कुशल नृत्यकारका रुपमा चिनिन्छन् । कपिलवस्तु महोत्सवको मुख्य आकर्षणको रुपमा रहेको डान्स आइडलले गर्दा दर्शकहरुको आकर्षण बढेको डान्स आइडल संयोजक बिरेन्द्र खाँणले बताउनु भएको छ । सो डान्स आइडलमा प्रथम हुनेले टिभिएस् स्कुटर, द्धतिय हुनेले एक लाख नगद पुरस्कार, तृतीय हुनेले पचास हजार र सान्त्वना पुरस्कार पच्चिस हजार रहेको थियो ।

प्रकाशित मिति : २ पुस २०७५ सोमबार ००:००  २ : ४८ बजे