८ मंसिर २०८१, शनिबार | Sun Nov 24 2024

हृदयघातका कारण वडा सदस्यको निधन



मायादेवी अनलाइन, वाणगंगा

कपिलवस्तुको वाणगंगा नगरपालिका वडा नं. ८ की वडा सदस्यको निधन भएको छ । आइतबार साँझ वडा सदस्य विमला नेपालीको हृदयघातको कारण निधन भएको हो । गत स्थानीय तहमा महिलाका तर्फबाट वडा सदस्यमा निर्वाचित नेपाली पूर्व एमाले नेतृ पनि हुनुहुन्थ्यो । साथै उहाँ सामाजिक अभियान्ताको रुपमा काम गर्दै आउनुभएको थियो ।

नेपाली पूर्व एमालेको नेपाल उत्पीडित जातिय मुक्ति समाज कपिलवस्तुकी सचिवालय सदस्य समेत हुनुहुन्थ्यो । वडा सदस्यको निधन प्रति ८ नं. वडा कार्यालयले एक विज्ञप्ति निकाली शोक सन्तब्ध परिवारजनमा समवेदना प्रकट गरेको छ भने मृत आत्म प्रति हार्दिक श्रद्धाञ्जली अर्पण गरेको छ । वडा अध्यक्ष गुणनिधि भुसालले वडा सदस्यको निधनले ठूलो घाटा लागेको बताउनुभएको छ ।

यता नेकपाले आफ्नो क्रियाशिल कार्यकर्ताको निधन प्रति दुख व्यक्त गरेको छ । नेपालीको अन्तिम दाहसंस्कार पुस ३ गते मंगलबार लक्ष्मणघाटमा हुने जनाइएको छ । नेकपाका वाणगंगा नगर कमिटी अध्यक्ष विश्व कार्कीले भोली मात्र दाहसंस्कार हुने बताउनुभयो ।

प्रकाशित मिति : २ पुस २०७५ सोमबार ००:००  २ : ०७ बजे