५ आश्विन २०८१, शनिबार | Sat Sep 21 2024

लिभरपुललाई सफलता, म्यानचेस्टर युनाइटेड पराजित



एजेन्सी ।
चिरप्रतिद्धन्द्धी म्यानचेस्टर युनाइटेडलाई हराउँदै लिभरपुल इंग्लिस प्रिमियर लिगको शीर्ष स्थानमा उक्लिएको छ । आइतबार राति भएको खेलमा लिभरपुलले म्यानचेस्टर युनाइटेडलाई तीन–एक गोल अन्तरले हराएको छ ।
निकै रोमाञ्चक बनेको खेलमा लिभरपुलको जितमा जेर्दान सकिरीले दुई गोल गरे । खेलको २४ औं मिनेटमा साडियो मानेको गोलमार्फत लिभरपुलले खेलमा अग्रता बनायो । तर ३३ औं मिनेटमा लिंगार्डले गोल गर्दै खेल बराबरीमा र्पुयाए ।
खेल सकिन २० मिनेट बाँकी हुँदा लिभरपुल प्रशिक्षक जोर्गेन क्लोपले साकिरीलाई मैदान प्रवेश गराएका थिए । त्यही बीचमा उनले टिमका लागि दुई गोल गर्न सफल भए । ७३ औं मिनेटमा साकिरीले गोल गर्दै लिभरपुललाई दुई एकको अवस्थामा पुर्याए । भने ८० औं मिनेटमा उनले ब्यक्तिगत दोस्रो तथा टिमका लागि तेस्रो गोल गरे ।
जितसँगै लिभरपुलले म्यानचेस्टर सिटीलाई पछि पार्दै लिगको शीर्ष स्थानमा उक्लिएको छ । १७ खेलमा सिटीको ४४ अंक छ भने लिभरपुलको ४५ अंक पुगेको छ । हारपछि युनाइटेड छैटौँ स्थानमा यथावत छ ।

प्रकाशित मिति : २ पुस २०७५ सोमबार ००:००  १ : ४१ बजे