५ आश्विन २०८१, शनिबार | Sat Sep 21 2024

पाँकुरी विद्यालयको नतिजा प्रकाशन एव्म अभिभावक भेला



मायादेवी अनलाइन, अर्घाखाँची ।
शितगंगा नगरपालिका वडा नं ९ मा अवस्थित पाँकुरी आधारभूत विद्यालयको दोस्रो परीक्षाको नतिजा प्रकाशन एवम् अभिभावक भेला सम्पन्न भएको छ । विद्यालयले एक औपचारीक कार्यक्रमको आयोजना गरी हिजो नतिजा प्रकाशन एवम अभिभावक भेला सम्पन्न गरेको थियो ।
दोस्रो त्रैमासिक परीक्षाको नतिजामा प्रथम, द्वितिय, तृतिय, सान्तवना, कक्षागत रुपमा बढी हाजिर, अनुशासित तथा सरसफाई लगाएतका विविध विद्यामा उत्कृष्ट हुने विद्यार्थीहरुलाई पुरस्कार वितरण गरीएको थियो । साथै विद्यार्थीहरुको उपलब्धी पत्र अभिभावकहरुलाई प्रदान गरिएको थियो ।

कार्यक्रम वडा सदस्य खुम बहादुर लुईचेको प्रमुख आतिथ्यता र वडा नं -९ का वरिष्ठ समाजसेवी पदम खत्रीको विशिष्ट आतिथ्यता रहेको थियो । कार्यक्रमलाई उद्घाटन गर्दै वडा सदस्य लुइँचेले विद्यालयले गरेका नमुना कार्यहरुको भूमिकामा रहने सम्पूर्ण शिक्षक, विद्यार्थी तथा अभिभावकहरुलाई धन्यवादका साथै प्रशंसा समेत गर्नुभयो । नियमित रुपमा आफ्ना बालबालिकाहरुलाई विद्यालयमा पठाइ अभिभावकहरुले आफ्नो जिम्मेवारी पूरा गर्न आग्रह समेत गर्नुभयो ।

सो अवसरमा विद्यालयका प्रधानाध्यापक गणेश बेल्बासेले विद्यालयको शैक्षिक प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए । समापन कार्यक्रममा बोल्दै प्रअ बेल्बासेले सक्रिय रुपमा आफ्नो जिम्मेवारीलाई पुरा गरी शैक्षिक गुणस्तर सुधारमा योगदान गरेको भन्दै अभिभावकलाई धन्यवाद दिनुभयो ।
कार्यक्रम विद्यालयका प्रअ गणेश बेल्बासेको अध्यक्षता, सुशिला आचार्यको स्वागत मन्तव्य र शिक्षक तिलकराम बन्जाडेको संचालनमा सम्पन्न भएको थियो ।

प्रकाशित मिति : २ पुस २०७५ सोमबार ००:००  १ : २७ बजे