५ आश्विन २०८१, शनिबार | Sat Sep 21 2024

ट्याक्टर दुर्घटनाबाट निधन भएका अहिरको श्रद्धाञ्जली सभा



मायादेवी अनलाइन, कोपवा ।
ट्याक्टर दुर्घटनाबाट निधन हुनुभएका कपिलवस्तु नगरपालिका कुष्माका श्यामलाल अहिर प्रति नेकपाले श्रद्धाञ्जली सभा गरको छ ।
पार्टीका सक्रिय कार्यकर्ता समेत रहनुभएका अहिरको निधन प्रति नेकपाका जिल्ला अध्यक्ष झविलाल पोख्रेलले श्रद्धाञ्जली अर्पण गर्नुभएको हो । श्रद्धाञ्जली अर्पण कार्यक्रममा बोल्दै नेकपाका जिल्ला अध्यक्ष पोख्रेलले सक्रिय कार्यकर्ताको निधनले पार्टीलाई ठूलो क्षति पुगेको बताउनुभयो ।
१३ औं दिनका पुण्यतिथिमा भएको श्रद्धाञ्जली सभामा नेकपाका नेता हिरालाल पौडेल, चेतानाथ पौडेल, देवराज अर्याल, कृष्ण गोपाल केसी, गोविन्द पोख्रेल लगायतले अहिरले पुर्याएको योगदानको चर्चा गर्नुभएको थियो ।
नेकपाका नेता खगेश्वर पौडेलको अध्यक्षतामा भएको श्रद्धाञ्जली सभाको सञ्चालन सन्तोष नाउले गर्नुभएको थियो ।

प्रकाशित मिति : २ पुस २०७५ सोमबार ००:००  १ : ११ बजे