५ आश्विन २०८१, शनिबार | Sat Sep 21 2024

सरोकारवाला भन्छन्, मदिरा नियन्त्रण हैन निषेध गरौ



शिवलाल सुवेदी, गुल्मी ।
इश्मा गाउँपालिकामा मदिराका कारण अपराधका घटना बढ्दै जान थालेपछि अभिभावकहरु चिन्तित छन् । मदिराका कारण इस्मा गाउँपालिका भित्र प्रत्येक दिन जसो सानादेखि ठुला अपराधिक घटनाहरु घटदै गएपछि अभिभावकहरु चिन्तित भएका हुन । अभिभावकहरुले मदिराकै कारण घटनाहरु बढी रहेकाले इस्मा गाउँपालिकामा मदिरा नियन्त्रण मात्र नभएर निषेध नै गर्नुपर्ने बताएका छन ।
अपराध ,घरेलु हिसां तथा सामाजिक विकृती न्युनिकरण र बजार अनुगमन विषयक अन्तरक्रियामा वोल्दै अभिभावकहरुले मदिरा नियन्त्रणले मात्र अपराधका घटनाहरु नघटने भन्दै निषेध नै गर्नुपर्नेमा जोड दिएका हुन । नेपाली कांग्रेसका गूल्मी जिल्ला सदस्य समेत रहेका चन्द्र बहादुर महतले मदिरालाई निषेध गर्नु पर्नेमा जोड दिनुभयो ।
राजस्वको लोभमा गाउँपालिकाले आँखा चिम्लिएर मदिराका लाइसन बेचेका कारण अहिले आफैले चुनौति खेपिरहेको बताउनुभयो । उहाले लाइसन प्राप्त गरेको, विभिन्न प्रथा परम्परा र जिविकोपार्जनको नाममा मदिरा उत्पादन र बिक्री वितरण गर्दा इश्माले बदनाम कमाइरहेको प्रति दुखेसो पाख्नुभयो
यता स्थानिय छविलाल अधिकारीले अहिले रक्सी नदिए काम गर्ने खेतला पाउन समेत मुस्किल पर्ने अवस्था रहेको बताउनुभयो । ‘मदिरा नियन्त्रण गर्ने अभियान धेरै आए कार्यन्वयनमा समस्या रह्यो नियन्त्रण हैन निषेध गरौ,‘उहाले भन्नुभयो प्रत्येक दिनजसो कुनै न कुनै अपराधिक घटना इस्मामा घटीरहेको भन्दै अहिले इस्मा गाउँपालिकाको मान्छे हु भनेर परिचय समेत दिन अप्ठारो भएको बताउनुभयो ।
पछिल्लो समयमा जिल्लामा घटेका घटनाहरुमध्ये ९० प्रतिशत घटना इस्माका भएका र त्यसमा मदिरा जोडिएकाले मदिरा विक्रि वितरणको कार्यविधी गाउपालिकाले बनाएको प्रमुख प्रशासकीय अधिकृत चन्द्रकान्त बस्नेतले जानकारी दिनुभयो ।
जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रमुख, प्रहरी उपरिक्षक दिपक कुमार बस्नेतले इश्मामा मात्रै पाँच महिनामा मात्रै चार बलात्कार, नौ आत्महत्या, केहि सार्वजनिक अपराध र घरेलुहिंसाका तथ्याङ्क प्रस्तुत गर्नुभयो । उहाले समुदाय–प्रहरी कार्यक्रममा मार्फत अपराध न्यूनिकरणमा आफु प्रतिवद्ध रहेको बताएउनुभयो । जिल्ला समन्वय समितिका प्रमुख लक्ष्मण पराजुलीले यो इश्मा गाउँपालिकाको अभियान भएकाले सवैले आआफ्नो क्षेत्रबाट सफल बनाउनुपर्नेमा जोड दिनुभयो ।
मदिरा उत्पादननै गरेर परिवार पालेका परिवारलाई बैकल्पिक पेसा र लाइसन भएकालाई कार्यविधी मार्फत व्यावस्थापन गरिने बताईएको छ । त्यस्तै गाउँपालिका उपप्रमुख विमला खत्रीले मदिरा नियन्त्रणका लागि नागरिकको साथ पाए गाउँपालिकाको नेतृत्व आफुले गर्ने बताउनुभयो ।

प्रकाशित मिति : २ पुस २०७५ सोमबार ००:००  १ : ०९ बजे