५ आश्विन २०८१, शनिबार | Sat Sep 21 2024

संविधान पुर्नलेखन गर्न जनमुक्ति पार्टीको माग !



बुटवल ।
राष्ट्रिय जनमुक्ति पार्टि प्रदेश परिचालन समितिले प्रदेश नम्वर पाँचका प्रथम अधिवेशनले गरेका निर्णय बुटवलमा सार्वजनिक गरेको छ । शनिबार बुटवलमा पत्रकार सम्मेलन गरी प्रथम अधिवेशनले निर्वा्चित नयाँ कार्यसमिति, अधिवेशनले लिएका प्रतिवद्धता तथा प्रदेशको विकासकालागि पार्टिले ठहर गरेका मागहरु सार्वजनिक गरेको हो ।
जनमुक्तिको प्रदेश पाचको सम्मेलनले संविधानले सवै क्षेत्र वर्ग तथा जातजातिलाई समेट्न नसकेको विष्लेषण सहित पुनस्लेखन गर्नुपर्ने माग अघि सारेको छ । त्यस्तै प्रदेश नम्वर पाँचको नाम लुम्विनी थारुहट मगराँत लथम राख्नु पर्ने, नीतिगत भ्रष्टाचारको अन्त्य गर्दै भ्रष्टाचारिलाई देशद्रोही घोषण गर्नु पर्ने, विदेशमा रहेका नेपालीहरुलाई निर्वाचनमा भाग लिने बतावरण बनाउनुपर्ने लगाएतका निर्णय गरेको अध्यक्ष झाबहादुर गुरुंगले बताउनुभयो ।
नेपालमा विद्येमान कलष्टर मिल्ने गरी पाँच सदस्यीय राष्ट्रिपति मन्डल र प्रत्यक्ष निर्वा्चित कार्यकारी प्रधानमन्त्रीको व्यवस्था तथा पहिचानमा आधारित पूर्ण संघीयताको कार्यन्वयनको माग समेत गरेको जनमुक्तिका केन्द्रिय सचिव टोप अस्लामीले बताउनुभयो ।

प्रकाशित मिति : १ पुस २०७५ आइतबार ००:००  २ : ५९ बजे