५ आश्विन २०८१, शनिबार | Sat Sep 21 2024

महाराजगञ्जमा आगलागी, बालक जलेर घाइते



मायादेवी अनलाइन, महाराजगञ्ज ।
कपिलवस्तुको महाराजगंज नगरपालिका २ गैरहवामा आगलागी हुँदा १ लाख ३० हजार बराबरको भौतिक क्षती भएको छ । शनिबार दिउँसो २ बजे आगो ताप्नेक्रममा स्थानीय रामसेवक नाउको गोठमा आगलागी भएको हो । आगलागीबाट रामसेवकको फुसले छाएको गोठ पूर्ण रुपमा जलेर नष्ट भएको प्रहरीले जनाएको छ ।
आगो स्थानीय जंगबहादुर कुँवरको गोठमा सल्कदा दुवै जनाको गोठ पूर्ण रुपमा नष्ट भएको छ । आगलागीबाट दिलिप कुमार कोरीको ९ महिनाको छोरा राम कुमार कोरी घाईते भएका छन् ।
उनलाई उपचारका महाराजगंज अस्पताल कपिलवस्तु पठाईएको थियो । आगो स्थानीय र प्रहरीको सहयोगमा दिउँसो करिव ३ बजे नियन्त्रणमा लिईएको थियो ।

प्रकाशित मिति : १ पुस २०७५ आइतबार ००:००  २ : ५६ बजे