५ आश्विन २०८१, शनिबार | Sat Sep 21 2024

बहुचर्चित आठौं कपिलवस्तु डान्स आइडलको नतिजा आज, कस्ले जित्ला उपाधि !



मायादेवी अनलाइन, वाणगंगा ।
बहुचर्चित आठौं कपिलवस्तु डान्स आइडलको नतिजा आइतबार साँझ सार्वजनिक हुने भएको छ । कपिलवस्तुको बुद्धरंगशालामा जारी दशौं कपिलवस्तु महोत्सवको आठौं डान्स आइडलको नतिजा आइतबार सार्वजनिक हुने भएको हो ।
पश्चिम नेपालमै चर्चित कपिलवस्तु डान्स आइडलको उपाधि कस्ले लैजाने हो निकै कौतहुलताको विषय बनेको छ । १७ जना प्रतिस्पर्धीबाट शुरु भएको डान्स आइडलको हिजो बाह्रौ दिन सम्म चार जना प्रतिस्पर्धीले आफ्नो प्रस्तुती देखाएका छन ।
आइडलको उपाधि होडमा रहेका स्नेहा थापा, पुजन मल्ल, आज्ञा शर्मा र चाहना गिरीले आफ्नो प्रस्तुती देखाएका हुन । यी चार जना प्रतिस्पर्धी मध्ये महोत्सवको बाह्रौं दिन हिजो दर्शकले गरेको भोटको आधारमा आइडलको विजेता घोषणा गर्न लागिएको हो । गएराती देखि शुरु भएको डान्स आइडलको भोट विहानपख मात्र सकिएको बुझिएको छ ।
यस बर्षको डान्स आइडल प्रतियोगीताको विजेता पुरुषले टिभिएस मोटरसाइकल र महिला विजेताले टिभिएस स्कुटर प्राप्त गर्नेछन् । यस्तै आइडलको दोस्रो हुनेले नगर १ लाख, तेस्रो हुनेले ५५ हजार र प्रात्साहन स्थान आउनेले २५ हजार नगद प्राप्त गर्ने छन । आइडलमा राखिएको यो पुरस्कार अहिले सम्मकै सबैभन्दा बढी हो ।

यसैबीच आठौं कपिलवस्तु डान्स आइडलको पाचौं स्थानमा अनुराधा चौरसिया आउन सफल हुनुभएको छ । प्रतियोगीताबाट चौरसिया बाहिरीए पनि बाह्रौ दिन मन्च छाडेका प्रतियोगीले देखाएको प्रस्तुती मध्येबाट उहाँ पाँचौ स्थानमा पर्न सफल हुनुभएको हो ।
निर्णायकको जजको आधारमा चौरसिया पाँचौ स्थानमा पर्न सफल हुनुभएको हो । उहाँले नगद रु १० हजार प्राप्त गर्नुहुनेछ । आइडलमा पाँचौ स्थानमा आउने प्रतियोगीलाई कुनै पुरस्कार नराखे पनि आयोजकले अन्तिममा आएर पुरस्कार दिने भएको हो । आइडलका चार जना प्रतियोगीले नै पुरस्कार पाउने भएपछि पाचौ स्थानमा पर्ने प्रतियोगीलाई पनि पुरस्कार दिने व्यवस्था मिलाएको डान्स आइडल संयोजक विरेन्द्र खाँणले जानकारी दिनुभयो ।

प्रकाशित मिति : १ पुस २०७५ आइतबार ००:००  २ : ५४ बजे