५ आश्विन २०८१, शनिबार | Sat Sep 21 2024

दशौं कपिलवस्तु महोत्सवको आज समापन हुँदै, प्रमुख अतिथि को होला ?



मायादेवी अनलाइन, वाणगंगा ।

कपिलवस्तुको जीतपुर चारनम्बर बुद्धरंगशालामा जारी दशौं कपिलवस्तु महोत्सवको आइतबार समापन हुने भएको छ । मंसिर १८ गते देखि सञ्चालन भएको महोत्सवको आइतबार एक भव्य समारोहका बीच समापन हुन लागेको हो ।

महोत्सवको कृषि तथा पशुपंक्षी विकास मन्त्री चक्रपाणी खनालले समापन गर्ने कार्यक्रम तय भएको महोत्सवको आयोजक संस्था कपिलवस्तु उद्योग वाणिज्य संघले जनाएको छ । पूर्व प्रधानमन्त्री तथा नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले उद्घाटन गर्नुभएको महोत्सव आज संग १३ दिन सञ्चालन भएको छ । महोत्सवमा लाखौ दर्शकले अवलोकन गरेका छन भने करोडौको आर्थिक कारोबार भएको छ । महोसवको बाह्रौ दिन शनिबार २५ हजार दर्शकले अवलोकन गरेका छन भने ४२ लाख बराबरको आर्थिक कारोबार भएको छ ।

कृषिजन्य व्यवसाय तथा उत्पादनको प्रवर्धन, पर्यटन प्रवर्धन, संस्कृती प्रवर्धन, आठौं कपिलवस्तु डान्स आईडल, स्थानीय कला संस्कृतिको प्रवर्धन, ख्याति प्राप्त राष्ट्रिय कलाकारको दैनिक प्रस्तुती, विशेष बालउद्यान सहितको मनोरञ्जन पार्क रहेका कारण बाह्रौ दिनसम्म पनि दर्शकले भरपुर साथ दिएका हुन् ।

त्यस्तै महोत्सव स्थल भित्र रहेको सचिवालय र बुद्धको मूर्तिमा फोटो खिचाउने दर्शकहरुको भिड लाग्ने गरेको छ । महोत्सवमा आउने दर्शकहरुले बुद्धको मुर्ति अघि सेल्फी खिचेर फोटो आफ्नो फेसबुकमा राख्ने होड नै चलेको छ ।

प्रकाशित मिति : १ पुस २०७५ आइतबार ००:००  २ : ४५ बजे