५ आश्विन २०८१, शनिबार | Sat Sep 21 2024

हिन्दु परिषद नेपालका केन्द्रीय अध्यक्ष पटेललाई कपिलवस्तुमा ५१ किलोको मालाले स्वागत



मनिष गुप्ता, कपिलवस्तु ।
हिन्दु परिषद नेपालको केन्द्रीय अध्यक्ष सन्तोष पटेललाई कपिलवस्तुमा ५१ किलोको मालाले स्वागत गरिएको छ । शनिवार गरिएको जिल्ला कार्यकर्ता भेलामा वहालाई स्वागत गरिएको छ । बिगत ३ बर्ष देखि हिन्दुहरूको हितमा काम गर्दै आई रहेको हिन्दु परिषद नेपाल अहिले ४० जिल्लामा गठन भई सकेको केन्द्रीय अध्यक्ष पटेलले जनाउनुभएको छ । नेपाललाई पुनः हिन्दु राष्ट्र कायम गराउनाहिन्दु परिषद नेपाल लागी परेको उहाले बताउनु भएको छ ।

अन्तर्राष्ट्रिय स्तरले नेपाललाई हिन्दु राष्ट्रिय कै रूपमा देखि रहेको वहाले बताउनु भएको हो । राजा हटाउ देशव्यापि रूपमा अन्दोलन गरिएको थियो तर नेपालमा सनातन धर्म ल्याउन नेताहरूले कागजमा लेखी दिएका छन जुनकी हामिहरूलाई कतै स्विकर्य छैन । अन्तर्राष्ट्रिय मन्यता अनुसार नेपालमा ८५प्रतिशत हिन्दु रहेका नेपाललाई पुनस् हिन्दु राष्ट्रिय कायम गराउनाहिन्दु परिषद नेपाल लागि परेको उहाले बताउनुभयो ।

कार्यक्रममा मुक्ति मंच नेपालका जिल्ला अध्यक्ष श्याम कुमार मिश्रले स्वागत गर्दै हिन्दुहरू तन मन धनले एक भए भने नेपाललाई पुनः हिन्दु राष्ट्र हुन बा कसैले नरोक्ने बताउनुभयो ।
भारत बाट आउनु भएका अतिथि सुनिल कु।अग्रहरीले भारतको कुनै पनि कार्यक्रममा जादा गर्भले बिश्वमा हिन्दु राष्ट्रको नामले चिनिने देश नेपालको छिमेकि जिल्ला सिद्धार्थनगरमा मेरो घर छ तर त्यो कुरा कहि कतै भन्दा पनि लाज लाग्ने गरेको बताउनुभयो ।

नेपाललाई पुनस् हिन्दु राष्ट्र कायम गराउनलागि परेको बताउनुभयो । हिन्दु परिषद नेपाललाई स्वागत गर्दै आफु बाट हुने सहयोग गर्ने बाचा समेत गर्नुभएको छ । कपिलवस्तु जिल्ला संयोजक मनिष कुमार गुप्ताको अध्यक्षता तथा हिन्दु परिषद नेपालका केन्द्रिय उपाध्याक्ष बिजय गुप्ता , कोषाध्यक्ष संजय सरार्फ, प्रदेश २ का प्रदेश अध्यक्ष पंडित सचिदानन्द दुबे , कृष्णनगर कार्यपालिका सदस्य सुनिल मोदनवाल, खोज न्युज टुडेका प्रकाशक मनोज कुमार ओझा , अनेप पण्डे लगायत ५ सय जनाको उपस्थिति रहेको संचालक बिनय कुमार शर्माले जनाउनुभएको छ ।

प्रकाशित मिति : २९ मंसिर २०७५ शनिबार ००:००  ३ : ३५ बजे