४ आश्विन २०८१, शुक्रबार | Sat Sep 21 2024

बडिगाढमा ¥याफ्टिङको सफल परिक्षण



शिवलाल सुवेदी, गुल्मी ।
गुल्मीको बडिगाढ खोलामा ¥याफ्टिङको सफल परिक्षण भएको छ । जिल्लाको सत्यवती गाउँपालिकाले गाउँपालिका भित्र पर्यटकहरुलाई भित्राउने उद्देश्यले बडिगाड खोलामा ¥याफ्टिङको परीक्षण गराएको गाउँपालिका अध्यक्ष पारिश्वर ढकालले जानकारी दिनुभएको छ ।
ढकालका अनुसार सत्यवती गाउँपालिकाले पर्यटन व्यवसायलाई अघि बढाउने उद्देश्यले चितवनको फिस्लिङबाट मगाएको मानध्वज गुरुङ नेतृत्वको ५ सदस्यीय गाइड टोलीले प्रारम्भिक निरीक्षण गर्नुका साथै सफल परिक्षण गरेको बताउनुभयो ।
गाउपालिका वडा नम्बर ५ साहाघाटदेखि वडा नम्बर १ को रुद्रवेणीसम्म करिब ५ किलोमिटर बढीगाढ खोलामा ¥याफ्टिङ्ग सञ्चालन गर्न सकिने रहेछ अध्यक्ष ढकालले भन्नुभयो“ अव छिट्टै सवै ब्यवस्थापन मिलाएरु वढीगाढमा ¥याप्टिङ शुरु गर्ने हो ।” ¥याफ्टिङको परीक्षण उदघाटन गाउँपालिका अध्यक्ष पारिश्वर ढकाल बोटमा चढ्नु भएको थियो ।
सत्यवती गाउँपालिकालाई चिनाउने र आर्थिक उपार्जनको आधारको रुपमा ¥याफ्टिङ व्यवसायलाई सञ्चालन गर्ने सोँच रहेको प्रमुख प्रशासकीय अधिकृत यादव भण्डारीले बताउनुभयो । यसरी कृषि, पशुपालन र पर्यटनलाई प्राथमिकता दिई अगाडि बढिरहेको सत्यवति गाउँपालिकालाई चिनाउने र आर्थिक उपार्जनको आधारको रुपमा ¥याफ्टिङ्ग व्यवसायलाई सञ्चालन गर्ने सोँच रहेको प्रमुख प्रशासकीय अधिकृत यादव भण्डारीले बताउनुभयो ।
परिक्षण पश्चात फिस्लिङबाट आएको उक्त गाइड टोलीले यस खोला निकै सम्भावनायुक्त रहेको कारण प्रचारप्रसार गरी वाह्य पर्यटकहरुलाई समेत आकर्षित गर्न सकिने बताउनुभएको छ ।
उहाँहरुले ¥याप्टिङ् सञ्चालनका लागि खोलाको बीच भागमा रहेका केही ढुङ्गाहरु हटाउन सकेमा धेरै राम्रो र जोखिम कम हुने राय व्यक्त गर्नुभएको छ।

प्रकाशित मिति : २९ मंसिर २०७५ शनिबार ००:००  ३ : २७ बजे