४ आश्विन २०८१, शुक्रबार | Sat Sep 21 2024

बुद्धभूमि नगरपालिकाका सबै विद्यालयमा डष्टविन वितरण, प्रदेश सांसद र मेयरले के भने ?



मायादेवी अनलाइन, बुद्धभूमि ।
कपिलवस्तुको बुद्धभूमि नगरपालिकाका सबै सामुदायिक विद्यालयमा फोहोर राख्ने डष्टविन वितरण गरिएको छ । प्रदेश सांसद विष्णु पन्थीको पहलमा एनएमबी बैंकको सहयोगबाट उक्त डष्टविन वितरण गरिएको हो ।
जसको नेतृत्व नेपाल राष्ट्रिय शिक्षक संगठन जिल्ला कार्यसमिति कपिलवस्तुले गरेको थियो । शिक्षक संगठनको आयोजनामा गोरुसिंगेमा भएको एक कार्यक्रममा प्रदेश सासंद विष्णु पन्थी र बुद्धभूमि नगरपालिकाका नगर प्रमुख केशव कुमार श्रेष्ठले सामुदायिक विद्यालयलाई डष्टविन वितरण गर्नुभयो ।
वितरण कार्यक्रममा बोल्दै प्रदेश सांसद पन्थीले हाम्रो कपिलवस्तु सफा र राम्रो कपिलवस्तु बनाउन विद्यालयलाई डष्टविन वितरण गरिएको बताउनुभयो । विद्यालय वातावरणका हिसावले सफा र सुग्गर हुनुपर्ने भन्दै फोहोरको सही तरिकाबाट सदुपयोग गर्नका लागि डष्टविन वितरण गरिएको बताउनुभयो । एक महिना अगाडी वाणगंगा नगरपालिकाका विद्यालयहरुलाई पनि डष्टविन वितरण गरिएको भन्दै बुद्धभूमिमा पनि यो अभियान जारी राखिएको बताउनुभयो ।
सोही कार्यक्रममा बोल्दै बुद्धभूमि नगरपालिकाका नगर प्रमुख केशव कुमार श्रेष्ठले बुद्धभूमिलाई सरसफाईको दृष्टिले नमुना बनाउने अभियानलाई डष्टविनको प्रयोगले महत्वपूर्ण सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो । विद्यालयमा वितरण गरिएको डष्टविनको सही सदुपयोग गर्नुपर्नेमा जोड दिदै नगर प्रमुख श्रेष्ठले नगरबाट पनि सहयोग हुने बताउनुभयो ।
नगरभित्रका सबै सामुदायिक विद्यालयलाई विद्यार्थी संख्याको आधारमा मापदण्ड बनाई डष्टविन वितरण गरिएको शिक्षक संगठनका जिल्ला अध्यक्ष रमेश पन्थीले बताउनुभयो । विद्यालयलाई डष्टविन वितरण गर्ने अभियानमा एनएमवी बैंकले महत्वपूर्ण सहयोग गरेको भन्दै आगामी दिनमा पनि यस्तै सहयोगको उहाले अपेक्षा राख्नुभयो ।
कार्यक्रममा पूर्व शिक्षक तथा हाल अमेरिका निवासी टेकराज पौडेल, समाजसेवी पिताम्बर खनाल, बुद्धभूमि नगरपालिकाका शिक्षा शाखा प्रमुख खिम बहादुर जिसी लगायतले बोल्नुभएको थियो ।

प्रकाशित मिति : २९ मंसिर २०७५ शनिबार ००:००  ३ : २४ बजे