४ आश्विन २०८१, शुक्रबार | Sat Sep 21 2024

प्याब्सन कपिलवस्तुको तीन पदका लागि निर्वाचन, अध्यक्षमा गैरे निर्वाचित



मायादेवी अनलाइन, बुद्धभूमि ।
नीजि तथा आवशिय विद्यालय संगठन (प्याब्सन) कपिलवस्तुको अध्यक्षतामा शिव गैरे निर्वाचित हुनुभएको छ । प्याब्सन कपिलवस्तुको गोरुसिंगेमा भएको दशौं जिल्ला अधिवेशनबाट गैरे अध्यक्षमा निर्वाचित हुनुभएको हो । हरेक दुई दुई बर्षमा हुने प्याब्सन जिल्ला समितिको निर्वाचनमा यस पटक भोटिङ मार्फत नेतृत्व चयन गरिएको हो । सहमतीको लागि विभिन्न प्रयास गर्दा पनि सहमती जुट्न नसके पछि प्याब्सनको शुक्रबार चुनाव भएको हो ।
चुनावबाट अध्यक्षमा निर्वाचित गैरेले निवर्तमान उपाध्यक्ष बासुदेव घिमिरेलेलाई पराजित गर्नुभयो । निर्वाचिन अध्यक्ष गैरेले ३६ मत प्राप्त गर्नुभयो भने निकटतम प्रतिद्धन्द्धि घिमिरेले २८ मत प्राप्त गर्नुभयो । यसैगरी उपाध्यक्षमा सुन्दर पाण्डे निर्वाचित हुनुभएको छ । निवर्तमान सचिव समेत रहनुभएका पाण्डेले निवर्तमान कोषाध्यक्ष समेत रहनुभएका टिएन गैरेलाई पराजित गर्नुभएको हो । निर्वाचित उपाध्यक्ष पाण्डेले ३४ मत प्राप्त गर्नुभयो भने निकटतम प्रतिद्धन्द्धि गैरेले ३० मत प्राप्त गर्नुभएको छ ।
यस्तै सचिवमा गोपाल पाठक ३५ मतका साथ निर्वाचित हुनुभएको छ । उहाँले रोमाकान्त घिमिरेलाई पराजित गर्नुभएको हो । घिमिरेले २८ मत प्राप्त गर्नुभएको छ ।
प्याब्सनको अरु पदमा सर्वसम्मत नेतृत्व चयन गरिएको केन्द्रिय सदस्य सवेन्द्र खनालले रेडियो मायादेवीलाई जानकारी दिनुभयो । प्याब्सनको जिल्ला सम्मेलनको उद्घाटनसस्त्र विहीबार गोरुसिंगेमा भएको थियो ।

प्रकाशित मिति : २९ मंसिर २०७५ शनिबार ००:००  ३ : २२ बजे