४ आश्विन २०८१, शुक्रबार | Sat Sep 21 2024

काग्रेश महासमिति वैठकः हिन्दु राष्ट्र र धर्मनिरपेक्षताको विषयमा के आउला निर्णय ?



चन्द्रकान्त न्यौपाने ।
नेपाली कांग्रेसको महासमिति बैठक आज –शनिबार) बाट सुरु हुँदैछ। पर्टी कार्यालयमा आज विहान ११ बजे वस्ने तय भएको वैठकमा मूल तहः पार्टीको आगामी रणनीका बिषयमा छलफल हुने छ । मुख्य गरी शुक्रबार पारित भएको महत्वपूर्ण तीन वटा प्रस्ताव र पार्टीको भावि दिशाको बिषयमा टलफल केन्द्रित हुने जनाएको छ । शुक्रबार साँझ बसेको केन्द्रीय समितिको बैठकले विधान मस्यौदा बाहेकका प्रस्ताव पारित गरेको हो।विधान मस्यौदामा सहमति जुटाउन कार्यदल बनाएको छ। कार्यदलले आज महासमिति बैठकको बन्दसत्रमा पेश गर्ने गरी सहमति जुटाउने जिम्मेवारी पाएको छ।

हिजोको बैठकमा उपसभापति विमलेन्द्र निधिले पेश गरेको राजनीतिक प्रस्ताव, महामन्त्री शशांक कोइरालाले पेश गरेको सांगठनिक आर्थिक नीतिसम्बन्धी प्रस्ताव र कोषाध्यक्ष सीतादेवी यादवले पेश गरेको आर्थिक प्रस्ताव पारित गरेपछि तयस विषयमा छलफल हुने छ ।
सहमहामन्त्री प्रकाशशरण महतले प्रस्ताव गरेको आर्थिक नीतिसम्बन्धी प्रस्ताव यसअघिको बैठकमै पारित भइसकेको छ । विधान मस्यौदाका विषयमा सहमति जुटाउन नसकेपछि महामन्त्री पुर्णबहादुर खड्का, केन्द्रीय सदस्यहरु अर्जुननरसिंह केसी, मिनेन्द्र रिजाल र रमेश लेखक रहेको कार्यदल बनाएको छ।
पदाधिकारी बढाउने विषयमा कांग्रेसमा सहमति जुटिसके पनि कुन–कुन पद बढाउने भन्ने विषय टुंगो लाग्न बाँकी रहेको केन्द्रीय सदस्य आनन्दप्रसाद ढुंगानाले जानकारी दिए। ऋाजबाट सुरु हुने वैठकमा उपसभापति र सहमहामन्त्री बढाउन सक्ने अनुमान गरिएको छ। केन्द्रीय सदस्यको संख्या १ सय ४१ रहने सहमति जुटिसकेको छ। यस्तै, सदस्यता दुई प्रकारकै रहने भएपनि अब क्रियाशील सदस्य र नेपाली कांग्रेसका सदस्य भनिने छ। महासमिति बैठक शनिबार ११ बजे बस्ने तय भएको छ।बैठकको तयारी तीव्र रुपमा भइरहेको छ।कांग्रेसले महाधिवेशन नजिकिएकै झझल्को दिने गरी कांग्रेसले काठमाडौँका सडक तथा सार्वजनिकस्थलहरुमा पोस्टरिङ गरेको छ। साथै कार्यक्रमस्थललाई पनि आकर्षक बनाइएको छ ।

विवाद
मुख्य गरी काग्रेश महासमिति वैठकमा हिन्दु राष्ट्र र धर्मनिरपेक्षताको विषयमा विवाद रहेको छ । पार्टीका दोश्रो र तेश्रो धारका नेतामा मुख्य गरी यो विवाद कायम छ । महाधिवेशनपछिकै ठुलो मानिएको यो वैठकले पार्टीको स्पष्ट धारणा बनाउन सके पार्टी आगामी दिनमा बलियो हुने एक पक्षले भन्दै आएका छन् । पार्टी उपसभापति विमलेन्द्र निधि देशले हासिल गरेका पछिल्ला राजनीतिक उपलब्धि आत्मसात गर्दै अगाडि बढ्नुपर्ने बताउनु हुन्छ ।

महासमितिमा कसरी प्रस्तुत गरिनेछ भन्ने स्पष्ट न खुलाए पनि उहाँले भन्नुभयो–धर्मको बारेमा नेपालको संविधानले व्याख्या गरेअनुसार नै कांग्रेस अगाडि जानेछ। पार्टीका केन्द्रीय सदस्य सदस्य शङ्कर भण्डारीले हिन्दूत्व नेपालको पहिचान भएको बताउँदै यो विषय खल्बल्याइँदा नेपालीहरुबीचको प्रेम र सद्भाव खलबलिएको भन्दै पार्टीको धारणामा पुनर्विचार अत्यावश्यक रहेको बताउनु भयो ।
धार्मिक स्वतन्त्रता अहिलेसम्मको लागि विकल्प ठानिए तापनि पार्टीभित्र जबरजस्ती धर्मनिरपेक्षताको कुरा उठाइएमा एक कदम अगाडि बढेर हिन्दूराष्ट्रकै माग गरिनेछ। त्यो अहिलेको राष्ट्रिय आवश्यकता समेत हो ।
धर्मनिरपेक्षतामा जवर्जस्ती हाम फाल्दाु उक्त कदमलाई जनताले नरुचाएको समेत निर्वाचनबाट थाहा भइसकेको ठान्नेहरु समेत छन्। संविधान जारी हुँदा असहमतिहरुबीच सहमतिमा पुगिएको भन्दै अहिले परिवर्तित आवश्यकता अनुरुप संविधानमा परिवर्तनको मुद्दा उठाउन सकिने कतिपय कांग्रेस नेताहरुको भनाई पाइन्छ।धार्मिक स्वतन्त्रता अहिलेसम्मको लागि विकल्प ठानिए तापनि पार्टीभित्र जबरजस्ती धर्मनिरपेक्षताको कुरा उठाइएमा एक कदम अगाडि बढेर हिन्दूराष्ट्रकै माग गरिनेछ।

त्यसैले धर्मका बिषयमा मौन बस्न सकिने धारणा पनि एकथरीले केन्द्रीय समितिमा राखेका थिए । त्यसरी बोल्नेमा पार्टी सभापति शेरवहादुर देउवा निकट शीर्षस्थ नेताहरू समेत छन्। । महामन्त्री शशाङ्क कोईराला भने विगत केही समययता देशले राजनीतिक स्थिरता पाइसकेपछिको धर्मका विषयमा जनमत सङ्ग्रह गर्नुपर्ने बताउँदै आएका छन्। । कृष्ण सिटौला पक्ष चाहिँ संविधान निर्माणकै बेलादेखि धर्मनिरपेक्षताको वकालत गर्दै आएको थियो।

प्रकाशित मिति : २९ मंसिर २०७५ शनिबार ००:००  ३ : ०३ बजे