४ आश्विन २०८१, शुक्रबार | Sat Sep 21 2024

घ्याङफेदी दुर्घटना अपडेट – मृत्यु हुनेको संख्या १९



बेत्रावती, नुवाकोट ।
नुवाकोटको दुप्चेश्वर गाउँपालिका–१ घ्याङडाँडामा मिनी ट्रक आइसर दुर्घटना हुँदा ज्यान गुमाउनेको संख्या १९ पुगेको छ । १६ जना घाइते छन् ।

शुक्रबार राति उपचारको क्रममा थप एकजनाको ज्यान गएपछि मृत्यु हुनेको संख्या १९ पुगेको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ । घाइते १६ जनामध्ये केहीको त्रिवि शिक्षण अस्पताल, केहीको ग्राण्डी अस्पतालसहितका विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।

बा ३ ख ३९१३ नम्बरको आइसर ट्रक दुर्घटना भएको हो । जिल्ला प्रहरी कार्यालय नुवाकोटका डिएसपी भीमलाल भट्टराईका अनुसार ४५ जनाभन्दा धेरै सर्वसाधारण आइसरमा चढेका थिए । अहिलेसम्म १९ जनाको ज्यान गएको पुष्टि भएको हो ।
खोँच रहेको उक्त क्षेत्रमा दुर्घटना भएकाले रातिको समयमा अँध्यारो भएर खोजी रोकिएको थियो । तर शनिबार बिहानैदेखि फेरि खोजी भइरहेको प्रहरीले बताएको छ । सिसिफुका सर्वसाधारण चढेको मिनी ट्रक दुर्घटनामा परेको हो ।
ट्रकको डालोमा धेरै यात्रु रहेको प्रहरीले जनाएको छ । ट्रक करिब ५ सय मिटर तल खसेको हो । दुर्घटनास्थल सदरमुकामबाट ३ घण्टाको पैदल दूरीमा रहेको छ । मृत्यु हुनेहरुको सनाखत भएको छैन ।

प्रकाशित मिति : २९ मंसिर २०७५ शनिबार ००:००  २ : ३४ बजे