४ आश्विन २०८१, शुक्रबार | Sat Sep 21 2024

लगातार दोश्रो पटक अफ्रिकी वर्ष खेलाडीको अवार्ड सलाहलाई



एजेन्सी,
लिभरपुलका स्ट्राइकर मोहम्मद सलाहले लगातार अफ्रिकी वर्ष खेलाडीको उपाधि उचालेका छन् । गत वर्ष पनि यो उपाधि जितेका सलाहाले मिधी बेनाटीया, कालीडो कोउलीवालील र साडियो माने तथा थोमस पार्टेलाई पछि पारे । सलाको महत्वपूर्ण प्रदर्शनका कारण गएको सिजन लिभरपुल च्याम्पियन्स लिगको फाइनलसम्म पुगेको थियो ।

यसका साथै उनले देशलाई विश्वकपमा पुर्याउन पनि महत्वपूर्ण योगदान गरेका थिए । गएको सिजन ५२ खेलमा ४४ गोल गरेका सलाह प्रिमियर लिगको वर्ष खेलाडी पनि बनेका थिए ।सलाह लगातार दोस्रो पटक यो अवार्ड जित्ने दोस्रो खेलाडी बनेका छन् । यसअघि नाइजेरीयाका जे जे ओकोचाले यो अवार्ड जितेका थिए । यो अवार्डका लागि आयोजकले कुल ६ लाख ५० हजार भोट पाएका थिए ।

प्रकाशित मिति : २९ मंसिर २०७५ शनिबार ००:००  १ : ५९ बजे