४ आश्विन २०८१, शुक्रबार | Sat Sep 21 2024

मिडियाको भरपुर साथ छ



मायादेवी अनलाइन ।
१० औं कपिलवस्तु महोत्सवलाई जिल्लाका सबै मिडियाले लगभग प्राथमिकतामा राखेका छन । जिल्ला भरमा मिडियाको कुरा गर्ने हो भने एक दर्जन रेडियो, लगभग एक दर्जन साप्ताहिक पत्रिका, दुई टेलिभिजन, केही अनलाइन मिडिया र एउटा दैनिक पत्रिका छ । यी सबै मिडियाले महोत्सवलाई प्राथमिकता दिएर समाचार, सुचनाहरु प्राथमिकताको साथ प्रकाशन र प्रशारण गरेका छन । जिल्लाको ऐतिहासिकता बोकेको महोत्सव भएकोले मिडियाले यसलाई हरेक बर्ष प्राथमिकतामा पार्दै आएको कुरा साँचो हो । तर, यसपटक भने आयोजक साच्चै नै मिडियामैत्री देखिएको छ भने मिडियालाई सम्मान पनि गरेको छ । महोत्सवको स्टेजमा नै पत्रकारहरुको लागि भनेर छुट्टै विशेष स्थानको व्यवस्थापन गरिएको छ । जुन यस क्षेत्रका अरुको लागि पनि अनुकरणीय कुरा हो । पत्रकारका लागि पनि सम्मान हो । केही न केही भएपनि नगर भित्रका सञ्चार माध्यमलाई आर्थिक रुपमा पनि महोत्सवले सहयोग गरेको छ । यस्तै नगरभित्रका सबै मिडिया मिडिया पार्टनरका रुपमा रहेका छन । दिनभरी हुने गतिविधि र कारोबारलाई साँझ हरेक मिडियामा सचिवालयबाट पु¥याउने काम भएको छ । मिडिया संयोजक भएकोले यसको सारा समन्वय मैले गरेको छु । हरेक मिडियाले कति कारोबार भयो ? कति दर्शकले अवलोकन गरे ? आज कुन कुन कलाकारले कस्तो कस्तो प्रस्तुती दिए ? भोली कुन कुन हुन ? भन्ने बारेमा रेडियो, पत्रपत्रिका र अनलाइनले प्राथमिकताको साथ स्रोता, दर्शक र पाठकलाई छापा तथा विद्युतीय माध्यमबाट प्रकाशन, प्रशारण गरिरहेका छन । गर्भका साथ भन्नुपर्छ विगतका महोत्सवहरुमा भन्दा दशौं कपिलवस्तु महोत्सवलाई मिडियाहरुले उच्च प्राथमिकताका साथ महत्व दिएका छन ।
मिडिया परिचालन संयोजक – हरि अधिकारी
आर्थिक खबर मंसिर २५ गतेका लागि लिइएको अन्तर्रवार्ताबाट साभार

प्रकाशित मिति : २८ मंसिर २०७५ शुक्रबार ००:००  ६ : ५३ बजे