८ मंसिर २०८१, शनिबार | Sun Nov 24 2024

एक दशकमा नयाँपनको अनुभूति



मायादेवी अनलाइन ।
कपिलवस्तुमा महोत्सव हुन लागेको १० बर्ष भयो । यो दशौं महोत्सव हो । प्रत्येक बर्षका आयोजकले केही फरक गर्ने प्रयास गर्नुहुन्छ । प्रत्येक महोत्सवमा मेरो प्रत्यक्ष र जिम्मेवार संलग्नता रहेका कारण हरेक महोत्सवको बारेमा मलाई ज्ञान छ । महोत्सवको सम्पर्क समन्यव समितिको संयोजक भएका कारण पनि मलाई हरेक क्षेत्रबाट महोत्सवको राम्रो नराम्रो पक्षको बारेमा पृष्ठपोषण आइरहन्छ । यो दशौं महोत्सव भएको हुँदा पनि आयोजकले १० बर्षको अन्तरालमा केही फरक गर्नुपर्छ भन्ने तयारी ग¥यो र महोत्सव शुरु भयो । मैले भन्नुपर्दा यो महोत्सव सोचेभन्दा राम्रो र पृथक भएको छ । बाहिरबाट पनि मलाई राम्रो भएको प्रतिकृया आएको छ । महोत्सवमा आउने अतिथि लगायत दर्शकले पनि मञ्चको सजावट देखि लिएर स्टलहरुको संरचना निर्माण र व्यवस्थापनका विषयमा सकारात्मक प्रतिक्रिया दिनुभएको छ । कलाकारहरुको बन्दोबस्त मैले नै गरेको छु । यस पटक निर्माण गरेको मञ्चले सबै कलाकारलाई खुसी बनाएको छ । देशभर हुने महोत्सवहरु मध्ये हाम्रो महोत्सवको मञ्चको संरचना र सजावटलाई एकदमै रुचाएको पाइयो । मन्चमा ठूलो डिजिटल स्क्रिनको प्रयोग यस क्षेत्रमा हामीले पहिले पटक प्रयोग गरेका हौं । जसले दर्शकलाई समेत आकर्षित गरेको छ । यस कारण पनि महोत्सवमा नयाँपनको अनुभूति भएको छ । अरु सबै कुरा म भन्दिन तपाईले थप कुरा विभिन्न विषयगत समितिहरुबाट जानकारी लिन सक्नुहुन्छ । मैले पाएको पद र जिम्मेवारीताको हिसाबले मेलाका हरेक पक्ष जस्तै आइडल, सांस्कृतिक कार्यक्रम, मनारेञ्जनका पक्षहरु, स्टल व्यवस्थापन सबै चुस्तदुरुष्त भएको मैले पाएको छु । महोत्सवले विशेष अनुशासन सिकाएको छ ।
सम्पर्क समन्वय समिति संयोजक – छविलाल रेश्मी मगर
आर्थिक खबर मंसिर २५ गतेका लागि लिइएको अन्तर्रवार्ताबाट साभार

प्रकाशित मिति : २८ मंसिर २०७५ शुक्रबार ००:००  ६ : ५१ बजे