४ आश्विन २०८१, शुक्रबार | Sat Sep 21 2024

ट्याक्टर दुर्घटनामा २ जनाको मृत्यु, ६ घाइते



गाईघाट ।
उदयपुरको लिङपिङगुङ–४ बलाम्ताको मैसङ्खामा ट्याक्टर दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ। गए राति १० बजे भएको दुर्घटनामा परी अन्य छ जना गम्भीर घाइते भएको प्रत्यक्षदर्शी स्थानीयवासी चुडामणि राईले बताउनुभयो।

ट्याक्टर चालक सोही स्थानका २२ वर्षीय सुनिल राई र २५ वर्षीय पवन राईको घटनानस्थलमै मृत्यु भएको र स्थानीयवासी विश्व राई, पुनम राई, सविना राई, शोनी राई, बुनु राई र मनिषा राई गम्भीर घाइते भएको उहाले जानकारी दिनुभयो।

स ४३ प २३७३ नंको ट्याक्टर बलाम्ताको माझखर्कबाट गाउँतर्फ झर्दै गर्दा बाटोमा हिँडिरहेका यात्रु पवन राईलाई जोगाउने प्रयासमा ट्याक्टरले उनैलाईसमेत किचेर सडकबाट २५ मिटर तल खसेको थियो।
मृतकहरुको शव गाईघाट जिल्ला अस्पतालमा ल्याइएको छ। गम्भीर घाइतेको उपचार उक्त अस्पतालमा सम्भव नभएपछि विराटनगरको नोबेल अस्पताल लगिएको बताइएको छ। रासस

प्रकाशित मिति : २८ मंसिर २०७५ शुक्रबार ००:००  ६ : ४४ बजे