४ आश्विन २०८१, शुक्रबार | Sat Sep 21 2024

जिपसँग ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु



धनगढी ।

कैलालीको घोडाघोडी नगरपालिका वडा नम्बर २ साँडेपानीमा भएको दुर्घटनामा एकजनाको मृत्यु भएको छ भने एकजना घाइते भएका छन् ।बिहीबार राति जिप र मोटरसाइकल एक आपसमा मोटरसाइकलमा सवार कैलालीको बर्दगोरिया गाँउपालिका बैनियाका ३२ वर्षीय चक्र बमको मृत्यु भएको इलाका प्रहरी कार्यालय सुखडका प्रमुख प्रहरी निरीक्षक यक्षराज जोशीले जानकारी दिनुभयो ।
दुर्घटनामा सोहि ठाउँका भजन सुनार गम्भीर घाइते भएका छन् । उनको नेपालगञ्जमा उपचार भइरहेको छ ।पश्चिमबाट पूर्वतर्फ गइरहेको से ६ प ५२२९ नम्बरको मोटरसाइकल र बिपरित दिशाबाट आइरहेको बा १८ च ८७१५ नम्बरको जिप एक आपसमा ठोक्किँदा दुर्घटना भएको थियो ।
जिप चालक घोडाघोडी नगरपालिका वडा नम्बर ३ जुरपानीका वीरबहादुर चौधरीलाई प्रहरीले पक्राउ गरेको छ ।

[accordions ]
[accordion title=”Accordion 1 Title” load=”show”]Accordion 1 content…[/accordion]
[accordion title=”Accordion 2 Title” load=”hide”]Accordion 2 content…[/accordion]
[/accordions]

प्रकाशित मिति : २८ मंसिर २०७५ शुक्रबार ००:००  ६ : ३३ बजे