४ आश्विन २०८१, शुक्रबार | Sat Sep 21 2024

जुत्ता पसलमा भिषण आगलागी, ५ करोडको क्षती



दाङ ।

तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ५ मा रहेको अन्नपूर्ण ट्रेडर्समा आगलागी भएको छ । आगलागी हुँदा जुत्ता चप्पलको होलसेल पसल पूर्णरुपमा क्षति भएको छ ।

आगलागीबाट करिब ५ करोडको क्षती भएको ट्रेडर्सका सञ्चालक भिम घिमिरेले जानकारी दिनुभएको छ ।

उनीहरुले आज बिहान ६ बजेतिर धुँवा फैलिएपछि आगो लागेको थाहा पाएका थिए । आगलागी कसरी भयो भन्नेबारे जानकारी आएको छैन । स्थानीय र प्रहरीको सहयोगमा आगो नियन्त्रणमा लिइएको थियो ।

 

प्रकाशित मिति : २८ मंसिर २०७५ शुक्रबार ००:००  ४ : ३० बजे