४ आश्विन २०८१, शुक्रबार | Sat Sep 21 2024

पाल्पा दुर्घटना अपडेटः मृतकको संख्या ५ पुग्यो, माथागढी ८ बहादुरपुर शोकमा डुव्यो



पाल्पा ।
पाल्पामा जिप दुर्घटनामा मृत्यु हुनेको संख्या ५ पगुेको छ । सुत्केरी बोकेर सदरमुकाम तानसेनबाट माथागढी गाउँपालिका–८ बहादुरपुर जाँदै गरेको जीप बिहिबार बेलुकी दुर्घटना हुँदा सुरुमा ४ जनाको घटनास्थलमा र १ जनाको उपचारको क्रममा ज्यान गएको प्रहरीले जनाएको छ ।

यसरी मृत्यु हुनेमा ३ दिनकी सुत्केरी २३ वर्षीया उनीसरा रुचाल, चालक २० वर्षीय विरेन्द्र राना , ४४ वर्षीया यानीसरा गाहा, ४१ वर्षीया बुमाकुमारी दर्लामी र ७१ वर्षीय रेवतबहादुर जिसी रहेको प्रहरीले जनाएको छ । घटनामा अरु ४ जना घाइते भएका छन् । घाइते हुनेमा मृतक सुत्केरीका श्रीमान् २६ वर्षीय शान्तबहादुर रुचाल, ३ दिने शिशु , ४० वर्षीय सुरेन्द्र मश्राङ्गी र ३९ वर्षीय देबसिंह गाहा घाइते भएका छन् ।

घाइतेको तानसेनमा रहेको लुम्बिनी मेडिकल कलेज, प्रभासमा उपचार भैरहेको जिल्ला प्रहरी कार्यालय, पाल्पाले जनाएको छ । मृतक सबै माथागढी ८ बहादुरपुरका हुन् । अहिले त्यहाँ शोक छाएको छ । एकै गाउँका ७ जनाको ज्यान गए पछि गाउँ पुरै शोकमा डुवेको हो ।

पूर्वखोला गाउँपालिकाको आर्गिडाँडा ओढारेमा लु १ ज ५६५३ नम्बरको जीप दुर्घटनामा परेको थियो । वडा अध्यक्ष सारुका अनुसार रातको समय र अप्ठ्यारो भिरमा दुर्घटना भएकाले घाइतेको उद्धार र मृतकको शव निकाल्न निकै कष्ट भएको थियो । घाइते देवसिंह गाहाका अनुसार बाटोमा खरायो भेटिएपछि सोही खरायोलाई लखेट्ने क्रममा जीप भित्तामा ठोक्किएर दुर्घटना भएको हो । बिहीबार बेलुकी ८ बजे तिर दुर्घटनामा परेको जीपमा ९ जना सवार थिए ।

प्रकाशित मिति : २८ मंसिर २०७५ शुक्रबार ००:००  २ : ०५ बजे