४ आश्विन २०८१, शुक्रबार | Sat Sep 21 2024

चलचित्र ‘क्याप्टेन’को गीत सार्वजनिक, रोमान्टिक मुडमा अनमोल र उपसना



कपिलवस्तु ।
वहुप्रतिक्षित अनमोल केसी अभिनित चलचित्र ‘क्याप्टेन’को ‘रहर छ संगै’ बोलको गीत सार्वजनिक भएको छ । रोमान्टिक गीतमा अनमोल केसीले उपसना सिंह ठकुरीसंग रोमान्स गरेका छन् । अर्जुन पोखरेलको रहेको गीत र दिग्गज धौरालीको शब्द रहेको गीतमा अन्जु पन्त र सुगम पोखरेलले स्वर भरेका छन् । फिल्ममा अनमोल केसीसँगै सुनिल थापा, प्रशान्त ताम्राकार, सरोज खनाल, विल्सन बिक्रम राई, उपासना सिंह ठकुरी, प्रियंका एमभी लगायत कलाकारहरुको अभिनय रहेको छ । उपासना सिंह ठकुरी, प्रियंका एमभीको यो डेब्यु फिल्म हो । फिल्ममा कथा सामिप्य राज तिमिल्सीनाको रहेको छ । गीतको कोरियोग्राफी कविराज गहतराजले गर्नुभएको छ । भुवन केसीले निर्माण गरेको फिल्मलाई दिवाकर भट्टराईले निर्देशन गर्नुभएको छ । नवराज उपे्रतीको छायांकन र दिर्घ खडकाको सम्पादन रहेको फिल्म फागुन १७ गते रि िलज हुँदैछ ।

प्रकाशित मिति : २८ मंसिर २०७५ शुक्रबार ००:००  १ : ४२ बजे