४ आश्विन २०८१, शुक्रबार | Sat Sep 21 2024

बुद्धभूमि नगरपालिकाको टिक्करमा आखाँ शिविर, ३ सय ४० जनाले सेवा लिए



मायादेवी अनलाइन, बुद्धभूमि ।
कपिलवस्तुको बुद्धभूमि नगरपालिका वडा नं. टिक्करमा सञ्चालित आँखा शिविरबाट झण्डै तीन सय जनाले सेवा लिएका छन । जुरेपानी सामुदायिक बन उपभोक्ता समितिको आयोजनामा भएको आँखा शिविरबाट आखाका विरामीले सेवा लिएका हुन । आँखा शिविरको उद्घाटन गर्दै बुद्धभूमि नगरपालिकाका नगर प्रमुख केशव कुमार श्रेष्ठले सामुदायिक बनले समाजमा रचनात्मक कार्य गर्नुपर्नेमा जोड दिनुभयो ।
जुरेपानीले आँखाका विरामीलाई निशुल्क शिविर आयोजना गरेर उदाहरणीय काम गरेको भन्दै अरु बनले पनि यसको सिको गर्नुपर्ने बताउनुभयो । शरीरको महत्वपूर्ण अंगको रुपमा रहेको आँखाको हेरचाहमा ध्यान दिनुपर्ने भन्दै नगर प्रमुख श्रेष्ठले नगरपालिकाबाट पनि आगामी दिनमा निशुल्क स्वास्थ्य शिविर राख्नुपर्ने बताउनुभयो ।
लाइन्स आँखा अस्पताल बुटबलको प्राविधिक सहयोगमा भएको आँखा शिविरमा निशुल्क आँखा जाँच हुनुको साथै आँखा रोगको उपचार, अप्रेशन गर्नुपर्ने रोग निदान भएका विरामीलाई विशेष सहुलियतमा अप्रेशन सेवा र परामर्श सेवा दिएको आयोजक जुरेपानी सामुदायिक बनका सचिव सरीता खनालले बताउनुभयो । आखाँ शिविरमा मोतीया विन्दु भएका विरामीको एक हजारमा शल्यक्रिया गर्ने व्यवस्था आयोजकले मिलाएको छ । त्यसको लागि लाइन्स आँखा अस्पताल बुटबलले प्राविधिक सहयोग गरेको छ ।
बनका अध्यक्ष पिङ्गल थारुको अध्यक्षतामा भएको कार्यक्रममा लाइन्स आँखा अस्पतालका प्रकाश पौडेलले आँखा शिविरबारे जानकारी दिनुभएको थियो । बुद्धभूमि नगरपालिकाका स्वास्थ्य शाखाका गोकर्ण अर्यालको सञ्चालनमा भएको शिविरमा बनकी सचिव सरीता खनालले स्वागत मन्तव्य राख्नुभएको थियो ।

प्रकाशित मिति : २७ मंसिर २०७५ बिहिबार ००:००  ४ : १५ बजे