४ आश्विन २०८१, शुक्रबार | Sat Sep 21 2024

कांग्रेस निकट शिक्षक संघको विवाद चुलियो, शनिबार जिल्ला अधिवेशन गरिने



मायादेवी अनलाइन, बुद्धभूमि ।

नेपाली कांग्रेस निकट नेपाल शिक्षक सघं कपिलवस्तुको विवाद चरमउत्र्कषमा पुगेको छ । एक बर्ष अघि पार्टीले विभिन्न कारण देखाउदै अधिवेशन स्थगित गरिएको शिक्षक संघमा एकाएक नेतृत्वलाई एक कार्यक्रमका बिच प्रमाणपत्र वितरण गरेपछि विवाद चुलिएको हो । अधिवेशन नै सम्पन्न नगरि एकाएक नेतृत्व अघि सारेको भन्दै जिल्लाभरका शिक्षकहरु आन्दोलित भएका छन् । विहिबार कपिलवस्तुको गोरुसिंगेमा शिक्षकहरुको भेला बोलाई एकाएक अध्यक्ष तथा पदाधिकारीलाई प्रमाणपत्र बाड्ेपछि शिक्षकहरुले कार्यक्रम बहिष्कार गरेका छन् । केन्द्रले ठाडो रुपमा हस्ताक्षेप गरेको भन्दै शिक्षकहरुले टिके प्रथाबाट गरिएको नेतृत्व छनौट अमान्य हुने भन्दै एक बर्ष अघि अबरुद्ध भएको अधिवेशन अनुसार नै निर्वाचन प्रणालीबाट नेतृत्व छनौट गर्न माग गरेका थिए ।

जिल्ला संगठन नेतृत्व छनौटमा केन्द्रले ठाडो हस्ताक्षेप गरेको भन्दै तत्कालिन जिल्ला अध्यक्षका उम्मेद्धवार तुलसीराम बन्जाडे तथा अनिल शुक्लाले विहिबार वेलुकी प्रेस विज्ञप्ती जारी गर्दै संघमा आबद्ध दुई तिहाई बहुमत शिक्षकको रहोबरमा शनिबार आधिकारिक रुपमा शिक्षक संघको अधिवेशन गरिने बताएका छन् । “शिक्षक संघ जिल्ला कार्यसमितिको गत फागुनमा सम्पन्न सातौ जिल्ला अधिवेशनमा निर्वाचन कार्यतालिका निर्माण गरि उम्मेद्धवारी दर्ता गराइ एकाएक जुन किसिमले पार्टी हस्ताक्षेप गरि अधिवेशन स्थगन गरियो यो हाम्रा लागि निकै दुखको विषय थियो, सोहि कारणबाट जिल्लाले प्रदेश तथा केन्द्रिय अधिवेशनमा बलियो सहभागिता र नेतृत्व पाउन सकेन” शुक्ला र बन्जाडेको हस्ताक्षरित विज्ञप्तीमा उल्लेख छ । हामी संघमा आबद्ध ९ सय शिक्षकको मताधिकार प्रयोग गरि अधिवेशन गरि नेतृत्व छनौट गर्न चाहन्छौ , संगठन टिके र आसेपासेको भरमा चल्दैन शिक्षक संघका नेता तुलसीराम बन्जाडेले भन्नुभयो । शनिबार तौलिहवामा २ तिहाई सदस्यको रहोबरमा आधिकारिक संघको नयाँ कार्यसमिति चयन गरिने बताउदै सोको लागि तयारी सुरु भइसकेको विज्ञप्तीमा उल्लेख छ ।

शिक्षक संघका केन्द्रिय अध्यक्ष राजेन्द्र पौडेलले सिमित गुटको दबबामा आई जर्बजस्ती उक्त समितिलाई आधिकारिक बनाउन खोजेको शिक्षकहरुको आरोप छ । कार्यक्रममा सहभागी शिक्षकहरुलाई आफ्नो बिचार समेत राख्न नदिनु तानाशाहि हो, सबैको सहभागितामा शनिबार सदरमुकाम तौलिहवामा अधिवेशन गरि नयाँ नेतृत्व चयन गरिने छ” शिक्षक अगुवा अनिल शुक्लाले भन्नुभयो । शिक्षक संघका केन्द्रिय अध्यक्ष पौडेलले पार्टी जिल्ला सभापति सुरेन्द्रराज आचार्यको चर्को दबाबमा शिक्षक अफाक अहमद खाँलाई अध्यक्ष बनाएको शिक्षकहरुले आरोप लगाएका छन् । जुन संघको २ तिहाई शिक्षक सदस्यहरुले विरोध गरेका थिए । गतबर्ष फागुनमा पनि पार्टी सभापति आचार्यकै दबाबमा अफाक खाँलाई अध्यक्ष बनाउन खोज्दा विरोध भएपछि अधिवेशनको निर्वाचन प्रक्रिया नै स्थगत गरिएको भेलामा सहभागी शिक्षकहरुले जानकारी दिए । -पत्रकार मनिष गुप्ताबाट 

 

प्रकाशित मिति : २७ मंसिर २०७५ बिहिबार ००:००  ३ : ५० बजे