४ आश्विन २०८१, शुक्रबार | Sat Sep 21 2024

इन्जिनियर्स एशोसिएशनको निर्वाचनमा प्रदेश ५ बाट सदस्य पदमा गुप्ताको उमेद्धवारी



अजय मिश्र,कपिलवस्तु । नेपाल इन्जिनियर्स एशोसिएशनको संघीय संरचना अनुसारको ऐतिहासिक प्रथम प्रदेश कार्यकारिणी समितिकोे निर्वाचनमा इन्जिनियर सूर्यदेव गुप्ता उम्मेद्धवार बन्नुभएको छ । एशोसिएशनको ३२ औ राष्ट्रिय कार्यकारिणी समिति तथा देशभरी एकै साथ मंसिर २८ गते हुन गइरहेको ७ वटै प्रदेश समिति निर्वाचनमा गुप्ता प्रदेश नम्बर ५ बाट सदस्य पदमा उठनु भएको हो।
विगत लामो समय देखि जलश्रोत, उर्जा तथा भौतिक पूर्वाधार क्षेत्रमा क्रियाशिल रहनुभएका गुप्ता लोकतान्त्रिक प्यानलबाट प्रदेश कार्यकारिणी समितिको सदस्य पदमा उम्मेद्धवार बन्नुभएको हो । केन्द्रिय देखि ग्रामिण क्षेत्रमा कामको अनुभव लिइसक्नुभएका गुप्ताले व्यक्तिगत र राजनितिक स्वार्थ देखि माथि उठेर इन्जिनियरिङ्ग पेशालाई मर्यादित बनाउदै एशोसिएशनलाई बलियो संगठन बनाउन, इंजीनियरिंग सेवा लाई समाजमा सम्मानित पेशाको रुपमा स्थापित गर्न, प्रादेशिक संरचनामा इन्जिनियरहरुको लागि रोजगारीको अवसरहरुमा वृद्धि गराउने र इन्जिनियरहरुको पेशागत सेवाको सुरक्षाको लागि पहल गर्ने उद्देश्य का लागि आफुले उम्मेद्धवारी दिएको बताउनुभयो ।

कपिलवस्तुको कृष्णनगर नगरपालिका ९ बहादुरगञ्ज घर भएका देशकै प्रसिद्ध पुलचोक क्याम्पस बाट सिभील इंजीनियरिंग विषयमा स्नातक एवं जिओटेक्निकल इंजीनियरिंगमा मास्टर डिग्री प्राप्त गर्नु भएको गुप्ता प्रदेश नम्बर ५ को इन्जिनियर्स एशोसिएसनमा लोकतान्त्रिक पक्षका ई। कुसुमराज ज्ञवालीको नेतृत्वमा निर्वाचनमा होमिनुभएको छ ।

निर्वाचनको सम्पूर्ण तयारी भइसकेको बताउदै उहाले अब प्रचार प्रसार अभियानमा जुटेको बताउनुभयो । प्रदेश नम्बर ५ को ऐतिहासिक तथा प्रथम कार्यकारिणीमा युवा तथा अनुभवीहरुलाई नयाँ तथा पुराना पुस्ताले पक्कै पनि विश्वास गर्ने र क्षमता, दक्षता र पार्टी आस्था भन्दा माथि उठेर निर्वाचनमा सहभागी हुनेमा आफु र आफ्नो टिम पूर्ण आशावादी रहेको इन्जिनियर गुप्ताको भनाई छ ।
नेपाल इन्जिनियर्स एशोसिएशनको प्रथम प्रदेश कार्यकारिणी सभाको निर्वाचनको सम्पूर्ण तयारी पुरा भइसकेको आयोजकले जनाएको छ । देशभरी २० हजार इन्जिनियर आबद्ध रहेको यस संस्थामा प्रदेश नम्बर ५ मा ७ सय असी मतदाता इन्जिनियरले मतदान गर्नेछन् । प्रदेश अध्यक्ष र पदाधिकारी सहित १५ सदस्सीय कार्यसमिति र प्रदेशबाट १ जना केन्द्रिय सदस्यलाई प्रदेशबाट मतदान हुने बताइएको छ । प्रदेश नम्बर ५ को नेपालगञ्ज, दाङ्ग र बुटवलबाट उम्मेद्धवारहरुलाई मतदान गर्ने व्यवस्था मिलाइएको निर्वाचन समितिले जनाएको छ ।

प्रकाशित मिति : २७ मंसिर २०७५ बिहिबार ००:००  ९ : २० बजे