४ आश्विन २०८१, शुक्रबार | Fri Sep 20 2024

विवेकशील साझाकी प्रदेश ३ संयोजकमाथि कारवाही सिफारिस



काठमाडौं ।
विवेकशील साझा पार्टीकी प्रदेश ३ संयोजक समीक्षा बास्कोटामाथि अनुशासन विपरीत आचरण गरेको भन्दै आन्तरिक कारवाही सिफारिस गरिएको छ ।
केन्द्रीय सदस्य किशोर थापा प्रमुख रहेको पार्टीको स्वायत्त न्याय तथा सुशासन आयोगले गत श्रावण १८ र १९ गतेका घटनामाथि गरेको अनुसन्धानपछि दिएको प्रतिवेदनमा उनीमाथि कारवाही सिफारिस गरिएको हो ।

श्रावण १८ गते पार्टीको बखुन्डोलस्थित मुख्यालयको गेटमा केही पुरुष साथीहरुले गीत गाएर बास्कोटालाई हेर्दै हाँसेर अमर्यादित व्यवहार गरिएको विषयमा आयोगले पहिलो छानबिन गरेको थियो । छानबिनमा दावी गरिएअनुसार अमर्यादित घटना भएको नपाइएको प्रतिवेदनमा उल्लेख छ । यद्यपि, सो दिनको सीसीटीभी फुटेज भने आयोगलाई प्राप्त भएको थिएन ।
पार्टी संयोजक रवीन्द्र मिश्र र केन्द्रीय सदस्य थापाको उपस्थितिमा असन्तुष्ट समूहसँग भएको छलफलमा बास्कोटा बिना अनुमति प्रवेश गरेको र आक्रोशित मुद्रामा अभिव्यक्ति दिएको भन्ने विषयमा छानिबिन गरिएको थियो । यसमा बास्कोटालाई आयोगले दोषी ठहर गरेको छ । ‘उहाँमा पार्टीका मूल्य मान्यता ९विनम्रता०को अभाव देखियो,’ प्रतिवेदनमा भनिएको छ ।

प्रकाशित मिति : २७ मंसिर २०७५ बिहिबार ००:००  ९ : ०९ बजे