४ आश्विन २०८१, शुक्रबार | Fri Sep 20 2024

हत्याको आरोपमा एकजना पक्राउ



रुपन्देही ।
प्रहरीले हत्याको आरोपमा एकजनालाई पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय बुटवलका अनुसार तिलोत्तमा नगरपालिका वडा नं ७ दल्काका २२ वर्षीय शिवपुजन थारुलाई पक्राउ गरिएको हो ।
स्थानीय २६ वर्षीय अशोक मुसहरको हत्या गरेको आरोपमा शिवपुजनलाई प्रहरीले पक्राउ गरेको हो । मंसिर २१ गते स्थानीय सुमन चौधरीको विवाहमा नाच्ने क्रममा अशोकले साउण्ड सिस्टम चलाएको विषयमा दुईजनाबीचमा विवाद भएपछि शिवपुजनले अशोकलाई केही परको खेतमा लगेर ढुङ्गाले मुखमा हानेर हत्या गरेको प्रहरीले बताएको छ ।

प्रकाशित मिति : २७ मंसिर २०७५ बिहिबार ००:००  ८ : ३५ बजे