४ आश्विन २०८१, शुक्रबार | Fri Sep 20 2024

दाङमा जन्ती जिप दुर्घटना हुँदा बेहुलीका आमाबुबा सहित ६ जनाको मृत्यु



दाङ – जन्ती जीप दुर्घटना हुँदा दाङमा बेलाबेहुलीका आबाबुबासहित ६ जनाको मृत्यु भएको छ । लमही नगरपालिकामा स्कारपियो र वस ठोक्किदा सवारी दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको हो । वडा नम्बर ९ रिहार नजिक ६ जनाको मृत्यु भएको छ । २ जना घाइते भएका छन् ।मृत्युु हुनेमा दुलाहाका बुवा आमा र आफन्त छन् ।

दुलाहाको बुवा राप्ती सोनारी गाउँपालिका वडा नम्बर ८ निवासी ५३ वर्षीय मानबहादुर केसी, ४५ वर्षीय आमा विमला खत्री, ४९ वर्षीय बिश्वनाथ अधिकारी, ५ वर्षीय प्रविण केसी, ३१ वर्षीय दिपककुमार खड्का, कोहलपुर नगरपालिका १२ निवासी ७८ वर्षीय दत्तबहादुर खत्रीको मृत्यु भएको ईलाका प्रहरी कार्यालय अमिलियाले जानकारी दिएको छ ।

चितवन गीतानगरबाट बाँकेको सम्मेरगञ्ज फर्कदै गरेको बा १२ च ३१२२ नम्बरको स्कारपियो र महेन्द्रनगरबाट काठमाडौं जादै गरेको ना ५ ख ४०९० नम्बरको बस ठोक्किएर दुर्घटना भएको हो ।

स्कारपियोमा सवार आठजना मध्ये ६ जनाको मृत्यु भएको छ । दुईजना घाइतेको कोहलपुर उपचार भैरहेको छ । दुर्घटनामा ४५ वर्षीय गीतादेवी खत्री र चालक २१ वर्षीय यमबहादुर मगर घाइते छन् । दुलही लिएर अर्को स्कारपियोमा दुलहा थिए । बुवाआमा र आफन्न चढेको स्कारपियो दुर्घटनामा परेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २७ मंसिर २०७५ बिहिबार ००:००  १ : २५ बजे