४ आश्विन २०८१, शुक्रबार | Fri Sep 20 2024

मुलुकका पश्चिम भेगमा पानी र हिमपात पर्ने सम्भावना



कपिलवस्तु,
बुधबार मुलुकका केही पश्चिमी भेगहरुम पानी पर्ने सम्भावना रहेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आज (बुधबार) देशभरी कै मौसम खुल्ने संभावना कम रहेको छ । जसका कारण पश्चिमी पहाडी भेगमा र हिमाली भेगमा पानी तथा हिमपातको संभावना रहेको मौसमविद् विभूति पोख्रेलले बताउनुभयो । मौसमविद् पोख्रेलका अनुसार पश्चिमी भेगमा हल्का बदली हुन सक्ने छ । पहाडी भूभागमा पश्चिमी वायुको प्रभाव बिहीबार बेलुकीसम्म देखिने छ । अरु ठाउँमा भने बुधबार बेलुकीदेखि मौसम खुल्नेछ । काठमाडौंको बिहानको तापक्रम ३ दशमलव ८ डिग्री सेल्सियस मापन गरिएको जल तथा मौसम पुर्वानुमान महाशाखाले जनाएको छ ।

प्रकाशित मिति : २६ मंसिर २०७५ बुधबार ००:००  २ : १० बजे